बाचन प्रविन पं दिनबन्धु पोखरेलले कोलोराडोमा हुने श्रीमद् भागवत महापुराण सप्ताहमा उपस्थितीका लागी सबै भक्तजनहरुलार्ई आग्रह गर्नुभएको छ ।
“नेपाली मन्दिर निर्माण गरेर हाम्रो धर्म संस्कृतिको संरक्षण गर्दैछौं “उहाँले भन्नुभयो: “नेपाली एकताबद्ध भएर कुनैपनि जात , क्षेत्र , बर्ग , लिंग नभनिकन नेपाली मनलाई जोड्ने अभियानमा सात दिन समाहित हुदैछौं आउनुस् सबै जना सहभागी हुनुहोस् ।”
उहाँले युवा बर्गले अध्यात्म र बिज्ञानको फ्युजन गर्ने नयाँ मध्यमार्गी धारको प्रवचन सुन्ने अवसर समेत प्राप्त गर्ने बताउनुभयो ।
उहाँले बेद र बुद्ध नेपालको पहिचान हो भनेर बिश्वसामु चिनाउने अभियानका लागी पनि उक्त सप्ताहमा सहभागिता हुनुपर्ने बताउनुभयो ।
यहि अप्रिल २८ देखी मे ५ तारिखसम्म दिनको दुई बजे देखी ८ बजे सम्म अरोरामा श्रीमद्भागवत् महापुराण सप्ताह हुदैछ ।
सप्ताहको सम्पूर्ण तयारी पुरा भैसकेको मूल आयोजक समितिले जनाएको छ ।