राजतन्त्र फर्कन्छ भन्नेहरु ‘मानसिक गुलाम’:प्रधानमन्त्री ओली

राजतन्त्र फर्कन्छ भन्नेहरु ‘मानसिक गुलाम’:प्रधानमन्त्री ओली
समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सार्वभौम र अधिकारसम्पन्न बनाउने बाटोमा मुलुक अगाडि बढेको बताएका छन् ।

मंगलबार झापाको भद्रपुरस्थित जिल्ला समन्वय समितिको प्रथम भेलामा बोल्दै उनले मुलुक संचालनका लागि गठन भएका प्रणालीहरुले अलमल नगरी अघि बढ्नुपर्छ भने ।

राजतन्त्र फर्कन्छ भन्नेहरुलाई ‘मानसिक गुलाम’ को संज्ञा दिदै उनले अहिलेको व्यवस्था कुनै उपहारमा प्राप्त नभइ आफूहरुले लडेर ल्याएको पनि बताए ।

झापाली भूमी ऐतिहासिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले झापामा कृषिको आधुनिकीकरण सम्भव रहेको दाबी गरे ।

झण्डै एक दर्जन कार्यक्रमका तालिकासहित दुई दिनका लागि गृहजिल्ला झापा पुगेका ओली बुधबार राजधानी फर्किने कार्यक्रम छ ।

Post Comment