पासपोर्ट डिसी उत्सव २०१८ भव्यताको साथ सम्पन्न

पासपोर्ट डिसी उत्सव २०१८ भव्यताको साथ सम्पन्न
समाचार

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा हरेक वर्ष मनाइने पासपोर्ट डिसी उत्सव २०१८ भव्यताको साथ सम्पन्न भएको छ ।

वाशिंगटन डिसीस्थित नेपाली दूताबासले हरेक वर्ष सहभागिता जनाउदै आएको पासपोर्ट डिसी २०१८ उत्सव अबलोकन गर्न करिब २ हजार ५ सय को संख्यामा पर्यटकहरु आएको दूताबासले जनाएको छ ।

पासपोर्ट डिसी कार्यक्रमको आयोजना सांस्कृतिक पर्यटन डिसी नामक गैर मुनाफा संस्थाले गर्दछ । पासपोर्ट डिसी २०१८ उत्सवको मुख्य उदेश्य पर्यटन तथा डिसी क्षेत्रमा बसोबास गरी रहेका स्थानीय समुदायलाई बिभिन्न राष्ट्रहरुका संस्कृति तथा परम्परालाई सम्बर्धन तथा प्रवर्धन गर्नु हो ।

उत्सव कार्यक्रम बिहान १० बजे देखि बेलुका ४ बजे सम्म खुला गरिएको थियो भने स्थानीय तथा वरीपरीका समुदायले विभिन्न दुताबास अबलोकन गरि बिभिन्न देश सम्बन्धि बिबिध कुराको जानकारी हासिल गरेका थिए ।

वाशिंगटन डिसी नेपाली दुतावासले यस पटक राजदुताबास मै कार्यक्रमको आयोजना गरेको थियो भने हरेक बर्ष सोहि राजदुत निवासमा गर्ने गरेको छ ।

पासपोर्ट डिसी उत्सवमा सहभागी जनाउन नेपाली समुदायका संचारकर्मी, समाज सेवी, बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि, व्यवसायी, स्थानियबासी तथा बिभिन्न राष्ट्रहरुका पर्यटकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपालको संस्कृति, कला तथा परम्परालाई प्रबर्धन गर्ने हेतुले राजदुतावास प्रदर्शन कक्ष राखी प्रचार तथा प्रसार सामग्री वितरण गरिएको थियो ।

नेपाली दूताबासमा आएका स्थानीयबासी तथा पर्यटनहरुलाई नेपाली परिकारका खाना खुवाईएको थियो । पर्यटकलाई मनोरंजन गर्न नेपाली नृत्यको प्रस्तुति गरिएको थियो ।

प्रदर्शनमा मुर्ति, हस्तकलाका सामग्री ,ऐतिहासिक स्थान तस्बिरहरु ,प्राकृतिक दृश्य तथा संस्कृति झल्कने तथा नेपालको प्रबर्धन सम्बन्धी वृत चित्र श्रब्य दृश्य प्रदर्शन गरेको थियो ।

Post Comment