एक्कासी जनकपुरमा ओर्लीयो भारतीय वायु सेनाको विमान

एक्कासी जनकपुरमा ओर्लीयो भारतीय वायु सेनाको विमान
समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा शर्तकताको विषयलाई लिएर भारतीय सेनाले पनि आफ्नो काम थालेको छ ।

यसैबिच मोदीको भ्रमणको पूर्वसन्ध्यामा भारतीय वायु सेनाको विमान जनकपुरस्थित विमानस्थलमा ओर्लीएको छ । उक्त विमान सोमबार मध्यान्हपछि अवतरण गरेको हो ।

स्रोतका अनुसार मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएका छन् ।

उक्त विमानलाई जनकपुर विमानस्थलमै पार्किङ गरेर राखिएको छ । यसअघि पनि मोदीको भ्रमणको तयारीस्वरूप केही दिनपहिले भारतीय हेलिकप्टर जनकपुरको बाह्रबिघामा आएर सुरक्षाका बारेमा भारतीय सुरक्षा जासुसलाई रिर्पोटिगं गरेर फर्किएको थियो ।

Post Comment