भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाण्डु आउनेछन् भने पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ ।
नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । उनले लेखेका छन्, ‘द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु ।’
नयाँ संविधान जारी भएपछि नेपाल लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा भारत दृढ सहयोगी हुने बताएका छन् ।