अल कायदा आतंकवादी समूहका प्रमुख अयमान अल जवाहिरीले अमेरिकाविरुद्ध हतियार उठाउन मुसलमानहरूलाई आह्वान गरेका छन् ।
अमेरिकाले जेरुसेलममा दूतावास लग्नु भनेको प्यालेस्टाइनसँग कुराकानी र शान्तिको कोशिश असफल हुनु हो र अब मुसलमानहरूले जिहाद गर्नुपर्ने उनले बताए ।
अघिल्लो वर्षको डिसेम्बरमा अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको थियो । उसले दूतावास पनि तेल अभिभबाट जेरुसेलम शिफ्ट गरेको छ ।
जवाहिरीले तेल अभिभ मुसलमानहरूको पनि धर्ती हो नामक पाँच मिनेटको भिडियो जारी गरेको छ जसमा उनले मुसलमानहरूलाई अपील गरेका छन् । इजिप्ट मूलका जवाहिरी डाक्टर हुन् । सन् २०११ मा लादेन मारिएपछि उनी अल कायदाका सबभन्दा ठूला नेता हुन् ।
जवाहिरी भन्छन्, ‘डोनल्ड ट्रम्पको सोच प्रस्ट छ । अब आधुनिक जिहादको समय हो जसमा शान्तिको कोशिश बेकार हुनेछ । हामीले बाँचिरहने हो भने हतियार उठाउनैपर्छ ।’
‘बिन लादेनले अमेरिकालाई नै सबभन्दा ठूलो शत्रु भनेका थिए । पश्चिमी सेनाले मोहम्मदको धर्ती नछोडेसम्म सुरक्षा स्थापित हुँदैन ।
उता १३ मेमा इजरायलमा जेरुसेलम डेको अवसरमा अमेरिकी समर्थकले जुलुस निकाले । आज अमेरिकाले आफ्नो राजदूत तेल अभिभबाट जेरुसेलम सार्दैछ ।
सन् १९४८ मा इजरायलले स्वतन्त्रताको घोषणा गर्दै आफूलाई अलग देशको रूपमा मान्यता दिएको थियो । इजरायलले सन् १९६७ को पश्चिम एसिया युद्धमा पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि इजरायलले लगभग सात लाख प्यालेस्टाइनले देश छोडेर जानुपरेको थियो ।
यो घटनाक्रमका बीच प्यालेस्टाइनले गाजामा ठूलो प्रदर्शनी गर्ने तयारी गरेको छ ।
इजरायलले पूरै जेरुसेलमलाई राजधानी मान्छ भने प्यालेस्टाइन पूर्वी जेरुसेलमलाई राजधानी मान्छ ।
पूर्वी जेरुसेलममा यहुदी, मुसलमान र इसाइ धर्मका पवित्र स्थलहरू छन् । त्यहाँ टेम्ल माउन्ट यहुदीहरूको पवित्र स्थल हो । अल–अक्सा मस्जिदलाई मुसलमानहरू पवित्र मान्छन् ।