के डोनाल्ड ट्रम्पले पाउँछन् नोबेल शान्ती पुरस्कार ?

के डोनाल्ड ट्रम्पले पाउँछन् नोबेल शान्ती पुरस्कार ?
समाचार

नोबेल शान्ती पुरस्कारलाई तीन भिन्न–भिन्न हिस्सामा बाँड्न सकिन्छ ।

एकतर्फ ती मानिस जसलाई उनीहरुको कामका लागि नोबेल शान्ती पुरस्कार प्रदान गरिन्छ । यसमा मार्टिन लुथर किंग, मदर टेरेसा र नेल्सन मन्डेलाजस्ता हस्ती समावेश छन् ।

अर्को भागमा ती व्यक्ति आउँछन् जसलाई  यो सम्मान दिनुपर्दथ्यो तर पाउन सकेनन् ।

यस्ता व्यक्तिमा महात्मा गान्धीको नाम समावेश छ जसलाई शान्तीका प्रतिक मानिन्छ ।

त्यसपछि यस्ता व्यक्ति आउँछन् जसलाई सायद नोबेल कमिटीको तर्फबाट शान्ती पुरस्कार दिइन्छ । यसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पजस्ता व्यक्तिको नाम आउँछ ।

रिपब्लिकन पार्टीको तर्फबाट १८ कांग्रेस सदस्यले नर्वेको नोबेल कमिटीकी उपाध्यक्षलाई यसबारे पत्र लेखे ।

यसमा कांग्रेस सदस्यले कोरियाली प्रायद्वीपका देशलाई परमाणु हतियार छोड्नका लागि सहमत गरेर क्षेत्रमा शान्ती स्थापित गर्न सहयोग गरेको भन्दै नोबेल शान्ती पुरस्कारका लागि ट्रम्पको नाम नोमिनेट गरियो ।

यी कांग्रेस सदस्यमा समावेश स्टिव किंग भन्छन्, ‘जब राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग कोरियाली प्रायद्वीपमा परमाणु हतियारलाई निःशस्त्रीकरणको विषयमा कुराकानीका लागि प्रस्ताव गरेको थाहा भयो त्यतिबेला नै मेरो मनमा यसबारे बिचार आयो ।’

उनी भन्छन्, ‘ओबामाले नोबेल शान्ती पुरस्कार पाएका थिए र हामीलाई अहिलेपनि उनले किन पाए भन्ने बारे पत्तो छैन । उनी अमेरिकाका निर्वाचित राष्ट्रपति मात्र थिए । अब कोरियाली प्रायद्वीपमा परमाणु हतियार छोड्ने स्थिती बनेपछि राष्ट्रपति ट्रम्प यसका लागि थप योग्य छन् ।’

यस्तोमा के जातीवाद र बहुल्यवादलाई नोक्सान पुर्याएकोजस्ता मुद्दामा आलोचना खेप्ने गरेका ट्रम्पजस्ता राजनेताले शान्तीको सबैभन्दा ठूलो पुरस्कार पाउलान् ?

केही महिनायता ट्रम्पलाई शान्ती पुरस्कारका लागि नोमिनेट गरेको बारे चर्चा चुलिएको छ ।

मार्चमा नर्वेस्थित नोबेल समितीले कुनै अपरिरित व्यक्तिले निकै अचम्मको कारणसहित ट्रम्पलाई नोमिनेट गरेको जानकारी दिएको थियो ।

त्यसको अर्को महिना दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले पनि ट्रम्पले नोबेल शान्ती पुरस्कार पाउनुपर्ने बताएका थिए ।

तर ट्रम्पको आफ्नै पार्टीका १८ कांग्रेस सदस्यद्वारा उनको नामलाई औपचारिक रुपमा नोबेल कमेटीलाई पठाएपछि यसबारे चर्चा चुलिएको हो ।

जब ट्रमपलाई यसबारे सोधियो तब उनले मुस्कुराउँदै भने, ‘सबैलाई यस्तो लाग्छ तर म आफैंले भने कहिले पनि भन्नेछैन । मैले चाहने एउटै पुरस्कार छ, त्यो हो विश्वको जीत ।’

तर यदि ट्रम्पका समर्थकको कुरा छ, केही दिनअघि मिशिगनमा आयोजित ट्रम्पको एक सामाजिक कार्यक्रममा ‘नोबेल–नोबेल’ को नारा लगाइएको थियो ।

‘पीस’ नामको एक किताब लेख्ने जे नोर्डलिंगरका अनुसार संसारको सबैभन्दा चर्चित नोबेल पीस प्राइज यदि ट्रम्पजस्ता विवादित व्यक्तिलाई दिए त्यो निकै अचम्मको कुरा हुनेछ ।

उनी भन्छन्, ‘तर यो शान्ती पुरस्कार सन् १९०२ मा सुरु भएदेखि नै विवादको विषय बनेको छ ।’

यो पुरस्कार पाउनेमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिंगर र पूर्व प्यालेस्टिनी नेता यासिर अराफात पनि छन् ।

‘किम जोंग–उनसँग पाइयोस् यो पुरस्कार’

केही अन्तर्राष्ट्रिय पर्यवेक्षकका अनुसार उत्तर कोरियासँग शान्तीका लागि अमेरिकालाई नभई दक्षिण कोरियालाई यसको श्रेय दिनुपर्छ ।

यतिमात्र होइन, उनीहरुका अनुसार दक्षिण कोरियाली जनताले रणनीतिक रुपमा कदम उठाए जसका कारण अमेरिकी सरकार कुराकानीका लागि तयार हुनसक्यो किनभने गत अगस्टमा जब ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकालाई धम्काए आफूले कडा कारवाही गर्ने भनेका थिए, त्यति बेलादेखि चिन्ताको स्थिती बनेको थियो ।

ट्रम्पले तीन अमेरिकी नागरिकको रिहाई पछि उनको र किमको भेट सिंगापुरमा जून १२ तारिखमा हुने घोषणा गरे ।

तर यहाँबाट उत्तर कोरियाली नेतालाई आफ्नो परमाणु हतियारलाई समाप्त गर्नका लागि तयार गर्नु एक लामो प्रक्रिया हुनसक्छ ।

ट्रम्पले उक्त पुरस्कार दक्षिण कोरियाका राष्ट्रपति मून जे– इन र उत्तर कोरियाली नेता किम जोंग उनसँगै लिएपनि यो विवादास्पद नै बनिरहनेछ किनभने उनको सरकार मानवअधिकारको उल्लंघनका लागि चर्चित छ ।

र पुरस्कार लिनुअघि ट्रम्पको आफ्नो इतिहास कति महत्वपूर्ण हुन्छ ।

गत बिहिबार अमेरिकी हास्यकलाकार सेथ मेयर्सले एनबीसी टेलिभिजनको लेट नाइट कार्यक्रममा भने, ‘यी त्यही व्यक्ति हुन् जो मुस्लिममाथि रोक लगाउन चाहन्थे र आतंकवादीको परिवारलाई समाप्त गर्नुपर्ने बताएका थिए । उनले अफ्रिका र हाइटीबाट आउने आप्रवासीको संख्या कम होस् भनेका थिए ।’

ओबामाले किन पाएका थिए नोबेल ?

ओबामाले नोबेल पीस प्राइज पाउँदा उनको कार्यकाल ९ महिना पुगेको थियो । उनलाई ‘मानिसहरुबीच अन्तर्राष्ट्रिय कूटनीतिक र सहयोगलाई बलियो गर्न उनको असाधारण प्रयासका कारण’ उक्त पुरस्कार दिइएको थियो ।

तर ट्रम्पमाथि यसको ठिक विपरित काम गरेको आरोप लगाइन्छ ।

जनमत सर्वेक्षणका अनुसार ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेको एक वर्षपछि संसारभरी अमेरिकाको छवी कमजोर भएको छ ।

ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिर निकाले । साथै, यसै हप्ता इरान पारमाणविक सम्झौताबाट पनि अलग्गिए जबकी ओबामाले जर्मनी, चीन, फ्रान्स, ब्रिटेन र रुससँगको उक्त सम्झौतालाइै मूर्त रुप दिएका थिए ।

तर नोबेलका लागि ट्रम्पलाई नोमिनेट गर्ने पत्रमा हस्ताक्षर गर्ने रिपब्लिकन पार्टीका कांग्रेस सदस्य पेट ओल्सन इरान पारमाणविक सम्झौताबाट बाहिर भएका कारण ट्रम्पको उम्मेद्वारीमा कुनै असर नपर्ने धारणा राख्छन् । ट्रम्पले वैश्विक संकटप्रति भिन्न प्रतिक्रिया दिने गरेको उनको भनाई छ ।

Post Comment