‘ट्रम्प-किम शिखर वार्ताको तयारीमा’

‘ट्रम्प-किम शिखर वार्ताको तयारीमा’
समाचार

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुन सक्ने शिखर वार्ताका विषयमा छलफल गर्न अमेरिकी अधिकारीहरूको एउटा टोली उत्तर कोरिया पुगेको छ।

दुवै पक्षबीचको वार्ता उत्तर कोरियाको परमाणु अस्त्र निश्शस्त्रीकरणका विषयमा केन्द्रित रहेको ठानिएको छ।

दुई कोरियाको सीमापारिको असैनिकीकृत क्षेत्रमा द्वीपक्षीय वार्ता सोमवार पनि जारी रहने जानकारी बीबीसीलाई प्राप्त भएको छ।

उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरूको टोली राष्ट्रपति डोनल्ड ट्रम्प र किम जङ अनबीच हुने सम्भाव्य शिखर वार्ताको तयारीमा जुटेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रको असैनिकीकृत क्षेत्र पान्मुन्जोम पारि रहेको उत्तर कोरियाली भूभागमा दुई पक्षबीच छलफल भएको छ

Post Comment