नेपालको समृद्धिमा एनआरएनए अध्यक्ष भट्टको सक्रियता,यस्ता छन् आगामी योजना

नेपालको समृद्धिमा एनआरएनए अध्यक्ष भट्टको सक्रियता,यस्ता छन् आगामी योजना
समाचार

 गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट मुलुकको समृद्धिको लागि नयाँ भीजनसहित अहोरात्र खटिरहेका छन् ।

मुलुकको समृद्धि कसरी गर्न सकिन्छ भनेर उनी यतिवेला देश तथा विदेश दौडाहमा छन् । जहाँ जान्छन–उनी देशकै विकास र समृद्धिको बारेमा बढि साक्षात्कार गर्छन् ।

अहिले नेपालमा उनी अर्बौ रुपैयाँको लगानी भित्र्याउने तयारीमा जुटेका छन् । अध्यक्ष भट्ट स्वयम नेपालको विकासमा एनआरएनएले सक्दो सहयोग पुर्याउने भन्दै महाअभियान लिएर दौडाहामा छन् । अहिले उनको नेपालमा मुख्य ध्यान बिबि एयरवेज, तामाकोशी हाईडा«ेपावर र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने हो । उक्त सुरुङ मार्गको लागि चीनीयाँ लगानी भित्र्याउने तयारीमा भट्ट जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा भट्टले त्यो पहल गर्ने बुझिएको छ ।

काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबाट यसअघि भट्टले अध्यक्षबाट राजीनामा दिएका थिए । तर, अहिले उनी फेरि सो पूर्वाधार विकासमा जोडिएका छन् ।

एनआरएनएको समृद्धिको एजेण्डामा विदेशमा छरिएर रहेका नेपालीहरुलाई एकीकृत गर्ने र समृद्धिको महाअभियानमा होम्याउने भट्टको सक्रियता छ ।

त्यस्तै उनले जनकपुरको जानकी मन्दिरमा अहिले बक्तिको समस्या भएकोले मन्दिर आसपासलाई नै पूरा झिलिमिली बनाउनेगरि गृहकार्य थालेका छन् । अहिले जानकी मन्दिरको दर्शन गर्न दिनहुँ हजारौं भारतीय पर्यटकहरु भित्रिएका छन् । त्यसैले मन्दिर वरिपरि सोलार लाईटको व्यवस्था गर्नेगरि उनी यतिवेला जुटेका छन् । जानकी मन्दिरका विशेषताहरु देखाउनेगरि त्यहाँ ‘बिग डिस्प्ले’ राखिदिने पनि उनको योजना छ ।

Post Comment