रेखा जोशीले मुम्बई हल्लाउने

रेखा जोशीले मुम्बई हल्लाउने
समाचार

युएस नेपाल न्युज मुम्बई । सुदुर पश्चिममा गाईने देउडा गित भित्रकी एक आफ्नो छुट्टै पहिचान बनाउन सफल लाखौ दर्शको मन जित्न सफल हजारौ देउडा तथा ठाडिभाकामा स्वर दिने गायिका हुन रेखा जोशी।रेखा जोशी छोटो समयमै चर्चित हुन सफल गायिका पनि हुन।समुधर स्वरकी धनी रेखा जोशिले महोत्सव होस अथवा स्टेज कार्यक्रम होस गित गाउदा दर्शक लाई सम्हल्न धौ धौ हुने गर्छ।नेपालका कान्छा सामाजिक अभियान्त केपि खनालको नेतृत्वमा बाजुरामा बन्न लागेको अनाथ बालगृह निर्माण रकम संकलनका लागि रेखा जोशी टंक तिमिल्सिना र कान्छा अभियान्तको टोलि भारतका विभिन्न शहरमा सांस्कृतिक कार्यक्रम गरेर आर्थिक रकम संकलन गर्न मुम्बई पुगेका थिए ।

११ जुनमा मुम्बईको कांदिवलिमा कार्यक्रम सम्पन्न भएको थियो भने १३ जुन नालोसोपारामा भएको थियो त्यस्तै गोवा पुना र १७ जुनमा मुम्बईको माटुङा हुने भएको छ।उक्त माटुङामा हुने सांस्कृतिक कार्यक्रमको आयोजना सुदुर पश्चिमेलि नेपाली समाज मुम्बई समितिले गरेको हो।उक्त कार्यक्रम बाट आर्थिक रकम संकलन गरेर सुप समाज मुम्बई समितिले बालगृह निर्माणको लागि सहयोग गरिनेछ ।कार्यक्रममा केपि खनालले सुप वाशिलाई एकताको डोरिमा बाधिन हुन अनरोध गर्नेछन भने चर्चित गायिका रेखा जोशिले र टंक तिमल्सिनाले गित गाएर भरपुर मनोरञ्जन दिने छन् ।सुप समाज भारत मुम्बईले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी अन्तर्राष्ट्रिय नेपाली सुप समाजका अध्यक्ष धन ब बलायरको पनि उपस्थिति हुने छ।

त्यस्तै अन्य कलाकारहरुमा गायक दिनेश साउद गणेश सिंग पदम साउद किरण रावत लालु रैकाल प्रेम बिसि छन भने मोडेल जगत आउजी नेहा सिंग योगेश रैकाल कबिता पार्की दिलिप परियार जित साउद लोक गायक खुमन शाही गायिका जानू शाह भुपेन्द्र शाही उदघोषक सुवर्ण श्रेष्ठ रहेका छन् ।कार्यक्रमको हल ब्यबस्थापन एश्वर्या कुँवरले गरेकी छन् भने न्यु दुर्गेश्वरी ट्राभल्सका संचालकले पनि सहयोग गर्नु भएको छ।

Post Comment