डोनाल्ड ट्रम्प र पुटिनबीच शिखर वार्ता हुने

डोनाल्ड ट्रम्प र पुटिनबीच शिखर वार्ता हुने
समाचार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ ।

उनीहरुले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

अमेरिका र रुसबीच पछिल्लो समयमा बढ्दै गएको दुरी कम गर्न राष्ट्रपतिहरुबीच शिखर वार्ता गर्न लागिएको हो ।

शिखर वार्ता हुने मिति र स्थानको तय भने दुवै देशका प्रतिनिधिहरुले संयुक्त रुपमा गर्ने बताइएको छ ।

Post Comment