सार २६ गते। नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालका अनुसार, भर्खरै कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले पदत्याग गरेका छन् । कान्तिपुरमा भारतीय नागरिक रजनीश छिरेपछि सम्पादकीय टीम र मालिक कैलाश सिरोहियाबीचमा बबाल मच्चिएको थियो। शक्तिशाली मिडिया ग्रुप टाइम्स अफ इन्डिया के एम जी मा छिरेपछि बबाल सुरु भएको थियो।
अध्यक्ष कैलाश सिरोहियाले रजनीशलाई प्रबन्ध सम्पादकको पद दिएर प्रिन्टलाइनमा नाम राखेमा सुधीर शर्माको सम्पादकीय समूह केएमजीबाट आउट हुने निर्णयमा पुगेका हुन् ।
रजनीशलाई ‘केएमजी’मा अध्यक्ष कैलाश सिरोहियापछिको हैसियत दिइदैछ । हाल ‘केएमजी’मा अध्यक्ष कैलाश सिरोहिया, स्वस्तिका सिरोहिया र सम्भव सिरोहिया निर्देशकको हैसियतमा छन् । कान्तिपुरसंग जोडिंदै गरेका रजनीशलाई स्वस्तिका र सम्भव सिरोहियाभन्दा माथिल्लो तहमा राखेर प्रवेश गराउन लागिएको चर्चा कान्तिपुरतिर छ ।
रजनीश भारतको प्रतिष्ठित पत्रिका तथा अनलाइन टाइम्स अफ इन्डियाको व्यवस्थापनमा वरिष्ठ हैसियतमा रहेर काम गरिसकेका व्यक्ति हुन् । यसरी टाइम्स अफ इन्डियाको व्यवस्थापनमा रहेर काम गरिसकेका वरिष्ठ व्यक्तिलाई नै केएमजीमा भित्र्याइनुलाई धेरैले रहस्यमय ठानेका छन् । कतिपयले केएमजी र टाइम्स अफ इन्डिया जोडिन लागेको रुपमा पनि यसलाई अर्थ्याएका छन्। ।