अमेरिकामा १२ रुसी गुप्तचरविरूद्ध अभियोग

अमेरिकामा १२ रुसी गुप्तचरविरूद्ध अभियोग
समाचार

अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएपछि अमेरिकी राष्ट्रपति कार्यालयले त्यसले राष्ट्रपति ट्रम्प र पुटिनबीच हुने शिखर बैठकलाई जोखिममा नपार्ने बताएको छ।

मस्कोले १२ जना रुसीविरूद्ध लगाइएका आरोपले आगामी साता हेलसिन्कीमा हुने शिखर बैठक रोक्ने उद्देश्य राखेको प्रतिक्रिया दिएको छ।

तर राष्ट्रपति ट्रम्पकी एकजना प्रवक्ता सेराह सेन्डर्सले उक्त बैठक पूर्वनिर्धारित समयमै हुने बताएकी छन्।

ती रुसीहरूलाई एउटा सफ्टवेयरको प्रयोग गरी डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समितिका अध्यक्षविरुद्ध गुप्तचरी गरेको र पार्टीका कम्प्युटरहरू ‘ह्याक’ गरेको आरोप लगाइएको छ।

सह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइनले आरोपित व्यक्तिहरूले गलत इमेल र सफ्टवेयरहरूको प्रयोग गरेको बताए।

उनले ‘ह्याकर’हरूले निर्वाचन गराउने निकायको वेभसाइट ‘ह्याक’ गरेर करिब ५ लाख मतदाताका विवरण पनि चोरी गरेको जनाएका छन्।

Post Comment