कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै शनीबार सम्पन्न भयो ।
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा कोलोराडोमा सकृय संघ संस्था, व्यावसाही, बुद्धीजिवी लगायतका दाताहरुको सहयोगमा समर पिकनिक सम्पन्न भएको हो ।
स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङको प्रमुख आतिथ्यतामा तथा चर्चित गायक द्धय पुरुषोक्तम न्यौपाने र रुपेश न्यौपानेको बिशेष आतिथ्यतामा नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली, नेपाली मुलका नेपाली भाषी भुटनिज तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उपस्थित संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधीहरु र गन्यमान्य, बुद्धीजिवीहरुलाई सुभकामना मन्तब्य राख्ने अवसर दिईएको थियो । कार्यक्रममा गायक द्धयले बिभिन्न चर्चित गीत गाएर सबैलाई नचाएका थिए भने केही कवि कवयत्रीहरुले कवीता, गजल वाचन गरि मनोरन्जन प्रदान गरेका थिए ।
पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजन तथा समन्वयमा माध्यामिक बिद्यालय स्थरीय निवन्ध प्रतियोगिता, बिभिन्न पांच किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा गल्फ, टेनिस, फुटबल भलीबल बाई साईकल रेस लगायतका रहेका थिए । कार्यक्रममा निवन्ध प्रतियोगिता तथा खेलकुदका बिजयी प्रतियोगीहरुलाई प्रमुख अतिथी मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष बिनोद त्रीपाठीले संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरेका थिए ।
बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको उक्त कार्यक्रममा नेपालको बस्तु स्थिती झल्कने टिसटर्, टोपी लगाएर आउने मानिसहरुको उपस्थिती उलेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रममा पिस्कर भोलेन्टियर ड्यानीयल एडवार्डले सन् १९६६ देखि १९७५ सम्म नेपालको बिभिन्न स्थानमा खिचेको फोटो कलेक्सनको पुस्तक प्रदर्शन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा आगामी जुलाई २१ तरिकमा कोलोराडोमा हुन लगेको अमेरिकन सोसाईटी अफ नेपलिज् इन्जिनीयर्सको एघारौ बार्षिक सम्मेलनको प्रचार प्रसार तथा रजिष्ट्रेसन र अगष्ट १० तारिकका दिन चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टको पनि प्रचार प्रसार तथा टिकट बितरण कार्यक्रम गरिएको थियो । त्यस्तै कार्यक्रममा गत जुलाई ५ का दिन सडक दुर्घटनाबाट गम्भिर घाईते भई अस्पत्तालमा उपचार गराईरहेका मनोज पन्तको सहयोगार्थ गोफन्ट खोलिएको र उनलाई सहयोगको आवस्यकता भएकोले सबैलाई यथासक्य सहयोग गर्न आग्रह गरिएको थियो ।
कार्यक्रम संस्थाका महासचिव टिका पौडेलले संचालन गरेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष बिनोद त्रीपाठीले उपस्थित प्रमुख अतिथी, बिशेष अतिथी लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।