समय परिवर्तनको माग होस अथवा बदलिँदो समयको बेग अनुसार होस मानव प्राणी देखि लिएर हरेक प्राणिमा परिवर्तन भईरहन्छन। संसारमा सबैभन्दा चेतनशिल प्राणी नै मानव प्राणी हो ।समय समयमा परिवर्तन पनि मानव जातिले नै खोजिरहेका हुन्छन् । विभिन्न समयमा परिस्थिति र माग अनुसार भएका अधिक परिवर्तनहरु पनि हामी बाट नै भएका हुन। एक्काइसौं शताब्दीमा पुगेर पनि हामिमा एकता भाईचारा अमनचयन शान्ति सहकार्य नहुनु ठुलो दुर्भाग्य हो।संसारका हरेक राष्ट्रले आज विभिन्न किसिमका अविस्कार गरेर ईतिहास रचिरहेका छन् तर हामी नेपाली अझै पनि अर्काको देश मै रोजगारीको लागि भर पर्नु पर्ने अवस्था कायमै छ। अनि कसरी होस देश बिकास कसरी होस समृद्ध नेपाल? दशकौ देखिको राजनीति माहोल अनि सत्ता र स्वार्थमा मात्र बिकेका नेताहरुले गर्दा नै यो अवस्था सिर्जना भएको देखिन्छ।नेपालको किचिलो राजनीतिले नेता त बने तर न जनता बने न देश बन्यो न बिकास नै भयो।नेपालमा राजनीति परिवर्तन त थुप्रै भए तर देश र बिकासका परिवर्तन कहिले भएनन् आर्थिक बिकासका परिवर्तन कहिले भएनन् अनि कसरी बन्छौ हामी आत्मा निर्भर !
जसले आफ्नै देशमा सुलभ र सस्तोमा डाक्टर ईन्जिनियर पाईलट उनिहरुको लागि सेवा सुबिधाहरु छैनन् बिदेश र अर्काको देशमा गएर पढिहाले पनि स्वदेशमा रोजगारीका अवसरहरु छैनन् अनि भन्ने बेलामा हाम्रा नेताहरु देश अब स्विजरल्याण्ड सिंगापुर बनाउछौ रे!जुन त्यही पढ्ने ब्यक्तिले भर्ने शुल्क हो त्यो आफ्नै देशमा जम्मा भएको भए सायद देशको अर्थतन्त्र लाई केही मद्दत पुग्थ्यो होला तर कारण बस त्यो शुल्क अर्काको देशमा भरेर शिक्षा आर्जन गर्दै छौ ।देश गम्भीर र नाजुक अवस्था मा छ डिग्री पढेर अमेरिका जापान युरोप कोरिया सिंगापुर लगायत अरु देशमा कहिलेसम्म हामी नेपालीले काम खोज्दै हिड्ने कहिलेसम्म पसिना चुहाउदै बस्ने ।बैदेशिक रोजगारीमा पलायन हुने नेपालीहरुको तथ्यांक हेर्ने हो भने राजतन्त्र र गणतन्त्रमा आकाश पातलको फरक देखिन्छ।अनि भन्छौ हामी अब नेताले देश बिकास गर्छन् भनेर। जबसम्म वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतिलाई स्वदेश मै कुनै अवसर दिईदैन केही खाने बाताबरण बनाईदैन तबसम्म सोचे जस्तो र खोजे जस्तो नेपाल बन्न सक्दैन।
यिनै विभिन्न किसिमका बिषयहरुलाई मध्य नजर गर्दै आज बिदेशका विभिन्न देशमा पसिना बेच्दै आएका नेपालीहरु एकताको सुत्रमा बाधिदै छन् ।विभिन्न संघ संस्था संगठन बनाएर गोलबद्ध भएर जन्म भुमिको लागि केहि गर्ने प्रण देखाई रहेका छन् । जसमा सुदुर पश्चिमेलि समाज नामक संस्था पनि एक हो।जसको स्थापना केही बर्ष अगाडि बिदेशमा श्रम गरिरहेका सुदुर पश्चिमेलि जनताहरु बाट भएको थियो।आज यो अभियान जुन देशमा सुदुर पश्चिमेलिहरु कार्यहरू गरिरहेका छन् त्यहाँ सुदुर पश्चिमेलि समाज पनि स्थापना भैसकेको छ।सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि भन्ने मुल नारा रहेको यस संस्थामा आबद्ध सुदुर पश्चिमेलिहरु निस्वार्थ भावनाले सुदुर पश्चिमका जुनसुकै जिल्ला स्थानमा अप्रीय घटनाहरुमा सक्दो सहयोग गर्दै आएको हामी सबैलाई बिबिधै छ। यो नै सुदुर पश्चिमेलिको लागि एक ठुलो उपलब्धि हो। अझै पनि सम्पुर्ण सुदुर पश्चिमवाशिहरु यो महान अभियानमा जुड्न सकेका छैनन् त्यसैले सुप वाशिहरु जुन ठाँउमा हुनुहुन्छ हामिहरु सबैलाई यो महान अभियानमा जोड्ने प्रयत्न गरिरहने छौ।साथै सुदुर पश्चिमेलिहरुका दुख सुखमा सक्दो सहयोग गर्दै जाने छौ धन्यवाद । करन साउद, सुप समाज भारत महाराष्ट्र राज्य समिती अध्यक्ष ।