बेइजिङस्थित अमेरिकी दूतावास नजिकै बम बिस्फोट

बेइजिङस्थित अमेरिकी दूतावास नजिकै बम बिस्फोट
समाचार

मध्य बेइजिङस्थित अमेरिकी दूतावास नजिकै बम बिस्फोट भएको खबर छ ।

चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार स्थानीय बिहिबार करिब साढे १ बजे चीनको राजधानी बेइजिङमा रहेको अमेरिकी दूतावास नजिकै बिस्फोटको चर्को आवाज सुनेका हुन् ।

यद्यपी, घटनाको केही समय पछि नै दूतावासमा नियमित कामकारवाही सूचारु भइसकेको र मानिसहरु भिसा आवेदनका लागि लाइनमा बसिरहेको बीबीसीका स्टेफन म्याकडोनलेले जानकारी दिए ।

बिस्फोट हुनु करिब साढे दुई घण्टाअघि स्थानीय समयानुसार बिहान ११ बजेतिर दूतावास नजिकै आत्मदाह गर्न खोज्ने एक महिलालाई पक्राउ गरिएको जानकारी आएको छ ।

दुई घटना सम्बन्धित भए नभएको बारे स्पष्ट जानकारी छैन ।

Post Comment