नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने
समाचार

नेपाल र चीनबीच पुनः संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

नेपाली र चिनियाँ सेनाबीच ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण अन्तर्गत संयुक्त सैन्य अभ्यास हुने भएको हो । चिनियाँ रक्षा मन्त्रालयले संयुक्त अभ्यासको पुष्टि गर्दै संयुक्त सैन्य अभ्यासको तयारीलाई मुख्य एजेण्डा बनाएर चिनियाँ जनमुक्ति सेनाको छङ्तु सैन्य कमाण्डका प्रमुख जनरल झु झुचेङ नेपाल भ्रमण गर्ने समेत जनाएको छ ।

चिनियाँ रक्षा प्रवक्ताका अनुसार संयुक्त रूपमा आतंकवाद प्रतिरोधी अभ्यास हुनेछ भने सैन्य अभ्यासको विशेष व्यवस्थाबारे दुवै पक्षबीच छलफल भैरहेको जनाइएको छ । उक्त सैन्य अभ्यास चीनमा हुनेछ ।

Post Comment