नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा बिनोद घिमिरे निर्बाचित भएका छन् ।
समितिको पांचौ अधिबेशन अन्र्तगत आईतबार सम्पन्न भएको निर्बाचनबाट आफ्ना प्रतिद्धन्दी राजकुमार गौतमलाई पराजित गर्दै अत्याधीक मत सहित घिमिरे अध्यक्षमा निर्बाचित भएका हुन् ।
घिमिरेले ८ सय ४९ मत प्राप्त गरे भने गौतमले १ सय ४३ मत प्राप्त गरे ।
यस्तै ३ उपाध्यक्षमा वकिल के.सी., नबिन आचार्य र रमेश कंडेल निर्बाचित भएका छन् । केसीले ६ सय ८५ मत, आर्चायले ४ सय ९ मत र कंडेलले ४ सय ६ मत प्राप्त गरेर उपाध्यक्षमा निर्बाचित भएका हुन् । ३ उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
महामन्त्रीमा दामोदर सुवेदी (पुरुषोत्तम) निर्बाचित भएका छन् । आफ्ना प्रतिद्धन्दी जयभद्र सापकोटालाई पराजित गर्दै सुबेदी महामन्त्री पदमा बिजयी भएका हुन् । सुबेदीले ६ सय ३२ मत प्राप्त गरे भने सापकोटाले ३ सय २५ मत प्राप्त गरे ।
सह–महामन्त्री, कोषाध्यक्ष र कार्यसमिति सदस्यमा भने यस अघि नै निर्बिरोध भईसकेको छ । सह–महामन्त्रीमा सुनिल ढुगांना र श्याम परियार निर्बिरोध निर्बाचित भए भने कोषाध्यक्षमा टिकाराम सुवेदी निर्बिरोध निर्बाचित भएका थिए ।
यस्तै कार्यसमिति सदस्हयहरुमा मंगल बहादुर परियार, सिता श्रेष्ठ, रामचन्द्र भुषाल, पुजा खड्का, गणेश बानिया, शिवाभक्त वाग्ले, राम बर्देवा, दिपक पौडेल, राम प्रसाद सापकोटा, दीपेन्द्र थापा, शुदीप शर्मा, चन्द्र शेखर सापकोटा र ओमराज पौडेल निर्बिरोध निर्बाचित भएका थिए ।