अमेरिकालाई भारतले साथ नदिने , चीनसंग मिलेर अगाडी बढ्ने

अमेरिकालाई भारतले साथ नदिने , चीनसंग मिलेर अगाडी बढ्ने
समाचार

 हिन्द–प्रशान्त क्षेत्रमा पेटी सडक परियोजनाको प्रतिस्पर्धामा अमेरिकाको नेतृत्वमा शुरू गरिएको एक अभियानमा भारत संलग्न नहुने भएको छ । अमेरिकाले जापान र अस्ट्रेलियासँग मिलेर विकास निर्माण परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।

सूत्रहरूका अनुसार, चीनको परियोनालाई टक्कर दिनका लागि अमेरिकाको नेतृत्वमा हुने यो त्रिपक्षीय पहलमा संलग्न नभएर भारतले यस क्षेत्रमा ध्रुवीकरण रोक्न खोजेको हो । पेटी सडक परियोजनाका सम्बन्धमा भारतको आपत्ति
कायम रहेपनि ऊ हिन्द–प्रशान्त क्षेत्रमा स्थिरता चाहन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा १ जुनमा भएमो सांग्रिला सम्मेलनमा भारत कहिले पनि यो क्षेत्रलाई एक रणनीति वा केही देशको समूहका रूपमा हेर्ने छैन भनी स्वष्ट पारेका थिए ।

अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा डिजिटल इकोनोमी, ऊर्जा र विकास निर्माण परियोजनामा लगानी गर्न चाहन्छ । अमेरिकाले यस क्षेत्रमा ११.३ करोड डलर दिने वाचा गरेको छ । उसले सुरक्षा योजनामा पनि लगानी गर्नेछ ।

अघिल्लो वर्षको नोभेम्बरमा फेरि शुरू गरिएको क्वाड समूहमा भारत पनि संलग्न छ । तर यो हुँदाहुँदै पनि मोदी सरकार चीनसँग सम्बन्ध सुधार्न लागिपरेको छ ।

भारत र चीनबीच हालैका महिनामा उच्चस्तरीय बैठक भएका छन् ।

भारत, जापान र अस्ट्रेलियाबीच त्रिपक्षीय कुराकानीको अर्को चरण यसै वर्ष हुँदैछ । यसका साथै भारत र अमेरिकाबीच ६ सेप्टेम्बरमा नयाँ दिल्लीमा कुराकानी हुँदैछ । त्यसमा हिन्द–प्रशान्त क्षेत्रका बारेमा पनि कुराकानी हुनेछ । त्यसै
क्षेत्रका बारेमा रुससँग पनि भारतले वार्ता गर्दैछ ।

Post Comment