गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको दोहोरो नागरिकताको मागलाई सोमबार संसदमा पेस भएको नागरिकतासम्वन्धी विधेयकले सम्बोधन गरेको भन्दै प्रवासी नेपाली मञ्च अमेरिकाले त्यसको स्वातग गरेको छ ।
मञ्चका अध्यक्ष प्रभु थापाले सोमबार एक विज्ञप्ती जारी गर्दै विधेयकमा केहि सुधार गर्नु पर्ने कुराहरु पनि रहेको तर धेरै कुरा भने समेटेको बताएका छन् । विधेयकमा भनिएको गैरआवासिय नेपालीले पाउने अधिकारकाबारेमा प्रष्ट नपारिको भन्दै त्यसलाई प्रष्ट्याउन समेत मञ्चले माग गरेको छ ।
यो विधेयक पारित भएपछि गैर अवासीय नेपालीले राजनीतिक बाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउनेछन् । सार्क राष्ट्रबाहेक अन्य देशमा बसोबास गरेका र उतैको नागरिकता लिएका गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्न सक्ने विधेयकमा व्यवस्था गरिएको छ ।
सार्क राष्ट्रबाहेक अन्य देशमा बसोबास गरेका र उतैको नागरिकता लिएका गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने विधेयकमा व्यवस्था गरिएको छ ।