ट्रम्पलाई पुनः भेट्ने किमको इच्छा

ट्रम्पलाई पुनः भेट्ने किमको इच्छा
समाचार

उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चिट्ठी लेखेका छन् । यसमा उनले ट्रम्पलाई पुनः भेट्न इच्छुक भएको बताएका छन् । ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले ट्रम्प प्रशासन पनि कुराकानीको सम्भावनाको खोजी गरिरहेको बताएकी छिन् ।

यसअघि दुबै नेताले गत जून १२ मा सिंगापुरमा ऐतिहासिक भेटवार्ता गरेका थिए । किमले कहिलेसम्म आफ्नो परमाणु हतियार समाप्त गर्छन् भन्ने डेडलाइन नतोकेको भन्दै उनीहरुको पहिलो भेटघाटको आलोचना पनि भएको थियो ।

ट्रम्प र किमको दोस्रो भेट कहिले हुनेछ त्यो स्पष्ट छैन । न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको वार्षिक बैठकमा यी दुईबीचको भेटको सम्भावना भएको बताइएको छ । ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जोन बोल्टनलाई मान्ने हो भने किम महासभाको बैठकमा आउने छैनन् ।

परमाणु हतियार समाप्त गर्न चाहन्छन् ट्रम्पः

स्यान्डर्स भन्छिन्, ‘ किमको पत्र निकै न्यानो र सकारात्मक छ ।  उनले राष्ट्रपतिसँग पुनः भेट्ने इच्छा जताएका छन् । पत्रमार्फत यो स्पष्ट हुन्छ कि परमाणु हतियार समाप्त गर्नका लागि किम प्रतिबद्ध छन् । ’

स्यान्डर्स यो पनि भन्छिन् कि आइतबार उत्तर कोरियाको ७० औं स्थापना दिवसमा किमले लामो दुरीको मिसाइलको पनि प्रदर्शन गरेनन् । वासिङ्टन र प्योंगयांगबीच विश्वास बढाउनका लागि यो राम्रो कदम हो ।

उत्तर कोरियाले विश्वास बढाइरहेको छः

वासिङ्टनको एक थिंक ट्यांक सेन्टर फर नेशनल इन्टरेस्टका निर्देशक ह्यारी कजियानिसका अनुसार यदि किम दोस्रो भेटवार्ताका लागि कोसिस गरिरहेका छन् भने उनी सही दिशामा छन् । उनी भन्छन्, ‘ट्रम्प आफ्नो कार्यकालको अन्त्यसम्म उत्तर कोरियासँग परमाणु हतियार समाप्त गराउँछन् भने यो ठूलो उपलब्धी हुनेछ । कजियानिस यो पनि भन्छन् कि उत्तर कोरियाले आफ्नो स्थापना दिवसमा लामो दुरीको मिसाइल प्रदर्शन नगरेर विश्वास पैदा गरेका छन् ।

जून १२ मा दुई नेताबीच ९० मिनेट कुराकानी भएको थियो । यसमा ट्रम्पले किमलाई पूर्ण परमाणु निस्सत्रीकरणका लागि मनाएका थिए । त्यसको साटो अमेरिकाले सुरक्षाको विश्वास दिलाए । यसका लागि दुई नेताले एक सम्झौतामा हस्ताक्षर गरे ।

Post Comment