कोलोराडोमा बृहत रक्तदान कार्यक्रम हुने

कोलोराडोमा बृहत रक्तदान कार्यक्रम हुने
समाचार

नेपालीसंस्थाहरुको पहलमा कोलोराडोमा आगामी अक्टोबर ६ तारिकका दिन बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
हिमालयज लायन्स क्लब लङमन्टको र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना तथा बोल्डर बोन फिल्स सेन्टरको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो ।

निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको लायन्सका अध्यक्ष बिकल पराजुलीले बताएका छन् ।

नेपाली संस्थाहरुको विषेश आग्रहमा बोल्डर बोन फिल्स ब्लड सेन्टरले अक्टोबर ६ तारिकका दिन बिहान १० बजे देखि दिउसो ४ बजेसम्म समय उपलब्ध गराएको ब्लड डोनर्स अफ अमेरीकाका कार्यकारी सदस्य तथा कोलोराडो च्याप्टर संयोजक टीका पौडेलले बताएका छन् ।

नेपाली समुदायको प्रतिष्ठा र पहिचाहनको लागि कोलोराडो स्थित सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी सबैलाई कार्यक्रमा सहभागी भई रक्तदान गरि कार्यक्रमलाई भब्यताका साथ सफलपार्न सबैलाई अनुरोध गरिएको छ ।

Post Comment