कोलोराडोमा सात देशका नागरिकले गरे विश्व शान्तिको कामना

कोलोराडोमा सात देशका नागरिकले गरे विश्व शान्तिको कामना
समाचार

कोलोराडोको स्थित लङमन्ट शहरमा सनिबार सात देशका नागरिक जम्माभई मानव निर्मित बिकासका माध्यमबाट विश्वमा अशान्ति फैलदै गएको भन्दै संयूक्तरुपमा विश्व शान्तिको कामना गरेका छन् ।


युनिभर्सल पिस क्रेटर्स र लङमन्ट हिमालयज् लायन्स क्लवको संयूक्त आयोजना तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा “युनिटी फर पिस सेलीब्रसन” कार्यक्रम सम्पन्न भएको हो ।

अमेरीकी आदिवासीहरुले विश्व शान्तिको कामनागर्दै बिधिपुर्वक पुजाआजा गरेर शुरु गरेका कार्यक्रममा नेपाली , ईन्डियन, पेरेभिएन, मेक्सिकन, ब्राजिलीयन र तिब्बतीयन नागरिकहरु जम्माभई विश्व शान्तिको कामनागर्दै आ–आÏनो संस्कृतीक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय संस्थाका प्रतिनिधी मार्लो वेनिसले विश्व असुरक्षित बन्दै गएका कारणहरु उल्लेख गर्दै समाधानका उपायहरु सहित तयार पारिएको कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, गन्यमान्य, पत्रकार, समाजसेवी, स्थानिय सर्बसाधारणहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई बिभिन्न देशका खानाका परिकारहरु बितरण गरिएको थियो । अजय प्रधानले संचालन गरेका कार्यक्रमको अन्त्यमा युनिभर्सल पिस क्रेटर्सका अध्यक्ष ईभेत लार्रेयाले कार्यक्रम सफल बनाउन सहयोगगर्ने सबैल्ँँई धन्यवाद दिदै, बिश्व दिन प्रतिदिन असुरक्षित बन्दै गएकोले सबैले हातेमालो गर्दै यसलाई सुरक्षित बनाउन अनुरोध गरेकी थिईन् ।

Post Comment