अपराध न्युनिकरणको लागि जागे राजधानीको ‘भि ग्रुप’ का युवा

समाचार

महेश नेपाल, काठ्माण्डौ । हत्या हिँसा र बलात्कार जस्ता जघन्य अपराध न्युनिकरण गर्नको लागि भन्दै राजधानीको पेप्सीकोलाका केही युवाहरु आफ्नु ठाउँबाट केही गर्नुपर्छ भनेर कम्मर कसेर लागीपरेका छन । उनीहरुले युवाहरुको एउटा बलियो समूह समेत बनाएका छन । जसको नाम रहेको छ (Versatile Group) ‘भि ग्रुप’। उनिहरुले गत ६ गते देशमा बढ्दै गएको बलात्कारको घटनाको बिरुद्ध राजधानीका विभिन्न ठाउमा कार्यक्रमहरु समेत गरे ।

उनिहरुले ठाउँ ठाउँमा चेतना मुलक ब्यानर राख्ने, जनचेतना मुलक सडक नाटक मञ्चन समेत गरेका थिए । साथै उनिहरुले राजधानी नजिकै मकवानपुरको दामन, टिस्टुङ, पालुङमा पनि जनचेतना मुलक कार्यक्रम गरेर राजधानी फर्किएका थिए । देशमा घट्ने गरेका हरेक किसिमका घटना हरुका बिरुद्द डटेर लाग्ने प्लान भएको भि-ग्रुपका एक सदश्यले बताए ।

Post Comment