प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका छन् । न्यूयोर्कमा प्रधानमन्त्री ओलीले ट्रम्पसँग औपचारिक भेट गरेका छन् तर भेट भने औपचारिकतामा मात्र सिमित भएको छ ।
संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले ट्रम्पलाई रात्रीभोजमा कार्यक्रमका अवसरमा भेटेका थिए । महासभामा सहभागी सम्पूर्ण देशका उच्चस्तरीय प्रतिनिधिहरुको सम्मानमा ट्रम्पले भोजको आयोजना गरेका थिए ।
महासभालाई नेपालका प्रधानमन्त्री ओलीको सम्बोधन असोज ११ गते हुने कार्यक्रम रहेको छ । अमेरिकाबाट प्रधानमन्त्री ओलीले कोस्टारिका पनि जाने कार्यक्रम रहेको छ ।