सम्पादकिय
युएस नेपाल न्यूज अनलाइन आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । करिब २ वर्षको यो यात्रा लामो होइन । तर पनि यो छोटो समयमा हामीले संगालेका अनुभवले अझै परिपक्क बनाउँदै लगेको छ ।
सन् २०१६ अक्टोवर २ तारिखका दिन संयुक्त राज्य अमेरिकाको कोलोराडोबाट युएस नेपाल न्यूज अनलाइनको प्रारम्भ भएको थियो ।
विश्वभर रहेका नेपालीसंगै खासगरि अमेरिकामा रहेका नेपालीहरुलाई अनलाइन मिडियाको माध्यमबाट जोड्ने उद्धेश्य हो । नेपाल र अमेरिकामा रहेका नेपाली सन्दर्भका सामाग्री अनलाइन मिडिया मार्फत विश्वसनीय रुपमा प्रस्तुत गर्ने उद्धेश्यमा युएस नेपाल न्यूजले सफलता हासिल गरेको छ ।
तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा पाठक र शुभेच्छुकबाट पाएका सुझाव, प्रतिक्रिया र आलोचनाले अझ उर्जा, उत्साह र शक्ति प्रदान गरेको छ । तेस्रो वर्ष प्रवेशको अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुकहरुलाई धन्यवाद दिन चाहन्छौँ।
युएस नेपाल न्यूज शून्यबाट उपस्थित भएर अमेरिकाबाट संचालनमा आएका नेपाली अनलाइनहरुमा आफ्नो पहिचान बनाएको छ । समाचार र सूचना कुन संस्थाले दियो र सो संस्था कति विश्वसनीय छ भन्ने विषयमा भने पाठक सधैँ चनाखो रहेका हुन्छन् ।हामी नभएको विषयलाई भएको र भएको विषयलाई ढाकछोप गर्दैनौं । अनलाइन मिडियाको विश्वसनियता घट्दै गइरहेको अवस्थामा सत्य अनि तथ्य समाचारका माध्यमबाट अनलाईन मिडिया प्रतिको अविश्वसनियतालाई हामी चिर्दै आइरहेका छौं र यो दायित्वलाई जिम्मेवारी पूर्वक जारी राख्ने छौं ।
आगामी वर्षमा हामी अझै बिस्तारित हुदैं फराकिलो दायारा बनाउने छौं । सम्पूर्ण शुभेच्छुक तथा पाठकको सहयोगको अपेक्षा गर्दै सदैव हाम्रा मूल्य र मान्यतामा अडिग रहने विश्वास दिलाउँछौँ ।
नेपालीहरुको महानपर्व वडा दशैं दिपावली छठ र नेपाल सम्बत् को उपलक्ष्यमा सम्पूर्ण पाठक, विज्ञापनदाता, वितरक तथा शुभचिन्तकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।