सुदुरपश्चिमेली समाज भारत मुम्बई समितिले गर्यो शुभकामना आदान-प्रदान कार्यक्रम

सुदुरपश्चिमेली समाज भारत मुम्बई समितिले गर्यो शुभकामना आदान-प्रदान कार्यक्रम
समाचार

युएस नेपाल न्युज, भारत । बर्ष दिनमा एक पटक आउने चाड तिहारमा प्राय जसो सबैको मुखमा हासो अनि मनमा हर्षउल्लास देखिने गरिन्छ।त्यस चाड पर्व भित्र महान मानिने एक पर्व दशै तिहार पनि हो ।यो तिहार हिन्दु धर्मावलम्बीले मनाउने गर्छन् । दशैमा स्वदेश तथा बिदेश बाट जम्मा भएर मिठामिठा खानाका परिकारहरु खाने मासु खाने लगायत एक आपसमा भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ।हामी जहाँ भएपनी आफ्नो रितिरिवाज कला संस्कृति अनि परिवेश लाई मान्नै पर्ने हुन्छ।स्वदेश होस चाहे बिदेश होस हामी आफ्नो चलिआएको प्रचलन अनुसार चाडवाड मनाउने गर्दछौ।त्यही उदाहरण सुदुर पश्चिमेलि समाज भारत मुम्बईमा भएका पदाधिकारीहरुले दिएका छन् ।

16 अक्टोबरका दिन सुप समाज भारत मुम्बई जिल्ला पदाधिकारी सुप समाज भारत महाराष्ट्र राज्य समिती सुप समाज भारत केन्द्रिय समिती र सुप समाज अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरुले दशैको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सफल गर्नु भएको थियो।सुप अन्तर्राष्ट्रिय सह कोषाध्यक्ष भुवन प्रसाद भट्ट केन्द्रिय समिती महासचिव मोहन वीर साउद केन्द्रिय उपाध्यक्ष दिपक खड्का राज्य अध्यक्ष करन साउद रमेश थापा रघुनाथ पाण्डे जिल्ला वरिष्ठ उपाध्यक्ष प्रेम खड्का जिल्ला सहसचिव खडक बिक सह संयोजक कुशल साउद जिल्ला उपाध्यक्ष क पदम बाग सदस्य खडक साउद लगायत नयाँ सदस्य टोप ब बोहोरा र दिपक साउदको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा राज्य प्रचार प्रसार बिभाग प्रमुख रघुनाथ पाण्डेले सबैलाई टिका लगाउदै शुभकामना आदानप्रदान गराउनु भएको थियो भने उक्त दशैको शुभकामना आदानप्रदान कार्यक्रम सुप समाज मुम्बई जिल्ला समिती वरिष्ठ उपाध्यक्ष प्रेम खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।

Post Comment