अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत जान नसक्ने जानकारी दिएका छन् ।
आउदो वर्षको गणतन्त्र दिवस मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले जान नसक्ने जानकारी गराएका हुन्।
स्रोतलाई उद्धृत गर्दै स्थानीय एक टेलिभिजन च्यानल न्यूज १८ ले आइतबार जनाएअनुसार भारतको तर्फबाट ट्रम्पलाई यही वर्षको अप्रिलमा निमन्त्रणा पठाइएको थियो ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भनाइ उद्धृत गर्दै भनिएको छ, “अमेरिकी राष्ट्रपतिको पत्रमा, राष्ट्रपति ट्रम्पले आफू भारत आउन नपाएकामा दुःख व्यक्त गर्नुभएको छ ।”
हालै रुससँग हतियार खरिद र इरानबाट खनिज तेलको आयातका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आएको छ । –रासस