२०७२ सालको विनासकारी भूकम्पपछि अमेरिकामा भिसा अवधि सकिए पनि बसोबास गरिरहेका नेपाली बस्न, काम गर्न र नेपाल आउजाउ गर्ने अनुमति (टीपीएस) दिएको र त्यसुको खारेजीको समय नजिँकिँदै गर्दा नेपालीहरु अदालत जाने तयारी गरेका छन् ।
अमेरिकी सरकारले एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस खारेज गर्ने निर्णयलाई अमेरिकी अदालतले अस्थायी रुपमा रद्द गरेपछि अमेरिकामा बस्ने नेपालीका लागि टीपीएसको अवधि थप गराउन अदालत जाने तयारी गरिएको हो ।
अमेरिकामा पुनः दर्ताबाट सुविाधा लिनसक्ने टीपीएस प्राप्त नेपालीहरु झण्डै ९ हजार रहेका छन् । उनीहरुमध्य झण्डै १५ सय नेपालीहरुले पहिले नै देशनिकालाको आदेश पाइसकेकाले टीपीएस सकिनासाथ आगामी जुन २४ पछि बाध्यात्मक रुपमा देश छोड्नुपर्छ ।
अमेरिकामा बस्ने नेपालीका लागि टीपीएस सुविधाको अवधि सन् २०१९को जुन १४ मा सकिँदैछ । त्यसपछि सयौं नेपालीहरुले अमेरिकाबाट देशनिकाला हुनुपर्ने छ ।