अमेरिकी घोषणा: मुम्बई हमला षड्यन्त्रकारीको जानकारी दिनेलाई ५६ करोड इनाम

अमेरिकी घोषणा: मुम्बई हमला षड्यन्त्रकारीको जानकारी दिनेलाई ५६ करोड इनाम
समाचार

मुम्बई हमलाको षड्यन्त्र रच्ने, यसमा सघाउ पुर्याउने बारे जानकारी दिनेलाई अमेरिकी सरकारले पाँच मिलियन डलर (५६ करोड रुपैयाँ) को घोषणा गरेको छ ।

ट्रम्प प्रशासनले मुम्बई हमलाको १० वर्ष पूरा भएको मौकामा यस्तो  घोषणा गरेको हो ।

अमेरिकी विदेशमन्त्री माइ पोम्पियोले भने, ‘अमेरिकी सरकार र सबै नागरिकको तर्फबाट म भारत र मुम्बई शहरप्रति सहानूभूती जताइरहेको छु । हामी आतंककारी हमलामा आफन्त गुमाउने परिवार र उनीहरुका साथीसँगै छु । यसमा ६ अमेरिकी नागरिकले पनि ज्यान गुमाएा थिए । २६÷११ को आतंककारी हमलाले पूरा दुनियाँलाई हल्लाएको थियो ।’

पोम्पियोले थपे, ‘पाकिस्तानलाई भन्ने छौं कि उसले अमानवीय हमलाका लागि जिम्मेवार लश्कर–ए–तैय्यब र अन्य आतंककारी संगठनमाथि प्रतिबन्ध लगाइयोस् । पीडित परिवारका लागि यो निकै दुःखको कुरा हो कि हमलाको षड्यनत्रमा संलग्न मानिसविरुद्ध १० वर्षपछि पनि कुनै कारवाही हुन पाएको छैन ।’

सन् २००८ को नोभेम्बर २६ तरिखमा १० आतंककारी कराँचीबाट समुन्द्रको बाटो हुँदै मुम्बई पुगेका थिए । उनीहरुले छत्रपाती शिवाजी टर्मिनस, ताज होटल, ट्राइडेन्ट होटल र यहूदी केन्द्रमा हमला गरेका थिए । उक्त हमलामा एक सय ६६ को मृत्यु भएको थियो । यसमा २८ विदेशी नागरिक पनि समावेश थिए । करिब ६० घण्टा मुठभेड चलेको बताइन्छ । एक हमलाकर्ता कसाबलाई जिउँदै पक्राउ गरिएको थियो ।

Post Comment