एनआरएनको कार्यक्रम : सुन ‘तस्कर’सँग दुबईमा आइजिपी खनालको उठबस

एनआरएनको कार्यक्रम : सुन ‘तस्कर’सँग दुबईमा आइजिपी खनालको उठबस
समाचार

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सुन व्यापारमा विवादास्पद व्यक्तिसँग उठबस गरेको पाइएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेट्सको दुबईमा मंसिर २ देखि ५ गतेसम्म सञ्चालन भएको इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका आइजिपी खनालले सुन तस्करीमा मुछिएका ठाकुर ढुंगाना र विवादास्पद व्यापारी दीपक मल्होत्रासँग उठबस गरेका हुन्।

दुबईमा गैर–आवासीय नेपाली संघको कार्यक्रममा आइजिपी खनाल र सुन तस्कर ढुंगानाको भेट भएको हो। आइजिपीलाई दुबई एयरपोर्टमै सुन तस्करका नाइके मानिने ढुंगानाले स्वागत गरेका थिए। इन्टरपोलको महासभामा भाग लिन दुबई पुगे पनि  यसकाे अाैपचारिक जानकारी दूतावासले पछिमात्र थाहा पाएकाे थियाे।

‘यसो हेर्दाखेरी निजी भ्रमणजस्तो लाग्ने, श्रीमतीसँग पनि आएका थिए’, स्रोतले भन्याे। आइजिपी आउनेबारे  बेखबर रहेकाे दूतावासले एनअारएन मार्फत साे कुरा जानकारी पाएकाे थियाे।

इन्टरपोलको सम्मेलनपछि मात्र एनआरएनएमार्फत दुबईस्थित नेपाली दूतावाससँग आइजिपी खनालले समन्वय गरेका थिए। एनआरएनएको वार्षिक साधारण सभा कार्यक्रममा भाग लिएका आइजिपी खनाल कार्यक्रममा एनआरएनएका आइसिसी सदस्यसमेत रहेका सुन तस्करीमा मुछिएका ढुंगानासँगै थिए।

आइजिपीले एनआरएनएको कार्यक्रममा मन्तव्यसमेत राखेका थिए।

Post Comment