हत्यारा क्रिष्टोफरको नाममा किन पठाइरहेका छन् महिलाहरुले जेलमै प्रेम पत्र ?

हत्यारा  क्रिष्टोफरको नाममा किन पठाइरहेका छन् महिलाहरुले जेलमै प्रेम पत्र ?
समाचार

अमेरिकाको क्लोराडोका क्रिष्टोफर वाट्सलाई गएको अक्टोबरमा थाहा भयो कि उनकी गर्भवती श्रीमती र दुई छोरी बेपत्ता भए । क्रिष्टोफरले लगत्तै स्थानीय टेलिभिजनमार्फत श्रीमती र आफ्ना छोरीहरुलाई नियन्त्रणमा लिने व्यक्तिलाई उनीहरुलाई रिहा गरिदिन आग्रह गरे ।

३३ वर्षका क्रिष्टोफरले यो कुरा टेलिभिजनमा बोल्दा उनका आँखा क्यामरासँग सीधा थिएनन् । सुरुमा यो खबरमा धेरैको ध्यान गएन । तर केही दिनपछि अर्थात अगस्टको अन्तिममा प्रहरीले पत्ता लगायो कि क्रिष्टोफर आफैले श्रीमती र दुई छोरीको हत्या गरेका हुन् ।

क्रिष्टोफरले आफ्नो अपराध स्वीकार गरे । प्रहरीले बालिकाको शव तेलको एक ट्यांक तथा उनकी श्रीमतीको शव खाल्डोबाट निकाल्यो । क्रिष्टोफरले अपराध स्वीकार गरेको केही हप्तापछि उनलाई तीनजनाको हत्या गरेकोमा आजीवन जेल सजाय भयो ।

जेलमा प्रेम पत्र

क्रिष्टोफर वाट्स अपराधि साबित भएपछि उनका आलोचना भयो । तर अचम्मित पार्ने कुरा यो छ कि केही दिनपछि क्रिष्टोफरको नाममा जेलमा प्रेम पत्र आउन लागे । उनको नाममा एक–दुईवटा होइन दर्जनभन्दा बढी प्रेम पत्र आए ।

वाट्सलाई पठाइएका प्रेम पत्रमा महिलाहरुले प्रायः लेखेका छन्, ‘म तिम्रो बारेमा नै सोचिरहन्छु’, ‘मैले तिम्रो अन्तर्वार्ता हेरेँ र तिमीमा आकर्षित हुन लागेँ’, ‘कहिँ न कहिँ मलाई लाग्छ कि तिमी राम्रो व्यक्ति हौ ।’

यी सबै पत्रमा महिलाहरुले आफ्नो तस्बिर पनि पठाएका छन् । एक महिलाले त बिकिनीमा रहेको तस्बिर पनि पठाएकी छन् ।

वासिङ्गटन पोस्टमा प्रकाशित रिपोर्टका अनुसार यी महिलामध्ये एक महिलाले आफ्नो प्रेम पत्रमा ह्यासट्याग टिमक्रिस र लभहिम पनि उल्लेख गरेकी छन् ।

अर्की एक महिलाले आफ्नो प्रेम पत्रमा लेखेकी छन् कि, ‘म यो पत्र लेख्ने बेला निकै घबराएकी छु किनकी यो मेरो जीवनको पहिलो प्रेम पत्र हो ।’

अपराधीसँग महिलाले गरेको प्रेम यो पहिलोपटक होइन । ७० को दशकमा टेड बण्डी नाम गरेका एक व्यक्तिमाथि ३० जनाको हत्या गरेको आरोप थियो । उनलाई मृत्युदण्डको सजाय भएको थियो ।

टेडको नाममा पनि धेरै महिलाले प्रेम पत्र पठाएका थिए । यस्तै अमेरिकाको लस एन्जलसमा एक परिवारको हत्या गर्ने समूहका चार्ल्स म्यनसनको नाममा पनि धेरै महिलाले प्रेम पत्र पठाएका थिए ।

यसको एक कारण हाइपरफिलिया हुन सक्छ । हाइपरफिलियामा महिलाहरुलाई त्यो व्यक्तिप्रति यौन आकर्षण हुन सक्छ, जसमाथि हत्या, हिंसा वा अपराधको आरोप छ । तर हत्यारालाई पत्र पठाउने सबै महिलामा हाइपरफिलियाबाट ग्रसित हुन्छन् भन्ने हुँदैन ।

Post Comment