ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेकै थिए त ?

ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेकै थिए त ?
समाचार

अमेरिकी मामलाविरुद्ध नेपाल सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भेनेजुएला प्रकरणबारे चर्चा चलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पलाई नेपाल भन्ने देशै थाह नभएको चर्चा चलेको छ ।

आधिकारिक स्रोतलाई उल्लेख नगरे पनि ट्रम्पले नेपाल भारतको एउटा पाटो भएको भनेको टाइम म्यागेजिनले उल्लेख गरेको छ । तर, नेपाल स्वतन्त्र राष्ट्र भएको जानकारी सचिवालयले नक्सा देखाउँदै भनेपछि छिमेकी ‘भुटान’चाहिँ भारतको पाटो भएको बयान ट्रम्पले दिएको बताइएको छ ।

दक्षिण एसीयामा अमेरिकाले विशेष चासो दिएका बेला राष्ट्रपति ट्रम्पले नक्सा मगाएर हेरेका थिए । जबकि, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघको महासभामा पुगेका बेला ट्रम्प दम्पत्तीसँग भेटमात्र गरेका थिएनन्, नेपालको सरकार प्रमूखका हैसियतमा सम्बोधन पनि गरेका थिए ।

त्यसो त ‘पोलिटिको’ भन्ने म्यागेजिनले दुई बर्ष अघि गरेको रिपोर्टलाई आधार मान्ने हो भने ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेको समाचार प्रकाशन गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्ताका क्रममा नै ट्रम्पले त्यसो भनेको विवरणहरूमा उल्लेख थियो ।

विभिन्न विवादीत बयान दिएका कारण ट्रम्प चर्चामा आउने गरेका छन् । ट्रम्पले हालै भने नेपाललाई महत्वका साथ लिएको बताइएको छ । भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्ति, नेपाल सरकारको धारणालाई ट्रम्पले चासोका साथ लिएको बताइन्छ ।

दक्षिण एसीया र हिन्द महासागर क्षेत्रमा अमेरिकाले विस्तार गरेको नयाँ नीति, चीनसँगको प्रतिस्पर्धामा तिव्रता दिएका कारण नेपाललाई ट्रम्पले महत्वका साथ हेरेको बताइन्छ ।

Post Comment