यूएईमा अलपत्र परेका २८ जना नेपाल फर्किए

यूएईमा अलपत्र परेका २८ जना नेपाल फर्किए
समाचार

आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित देश फर्काउने प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो ।

अलपत्र डेढ सय नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किएका छन् । कम्पनीले शुक्रबार १४ जना नेपालीलाई नेपाल पठाएको थियो । शुक्रबार नेपाल फर्किनेमा कुलबहादुर ओली, राजेन्द्र कार्की, पूर्णबहादुर मन्धाने, सञ्जयकुमार बिष्ट, रामबहादुर गोले, धिरेन्द्र बहादुर महरा, हुनुहुन्छ । त्यस्तै भिमबहादुर सिन्जाली, भोजबहादुर हायु, देवीलाल रम्तेल, श्यामबाबु ठाकुर, भुवनसिङ बिके, सन्तोष गुरुङ, शुकलाल बिके र पूर्णबहादुर भुजेल पनि नेपाल फर्किनुभएको छ ।

Post Comment