कोलोराडोका लोकप्रिय पूर्व गर्भनर जोन हेकिनलोपरले अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेद्धवारी घोषणा गरेका छन् ।
६७ वर्षिय जोनले सोमबार बिहान आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
‘हामीले संकट सामना गरिरहेका छौ त्यसलाई सामना र समाधान गर्नका लागी म राष्ट्रपतिको उम्मेदवारी दिदैछु’, उनले भने ।
दुईपटक सम्म कोलोराडोको गर्भनर बनेका उनले आफु सबैलाई साथमा लिएर अगाडी बढ्ने बताए ।
उनले ट्रम्प कार्यकाल भन्दा आफ्नो कार्यकालमा अर्थव्यबस्थालाई बलियो बनाउने दाबी गरेका छन् ।`