जोन हकिन्स् आउटप्यासेन्ट सेन्टर पुगे ‘प्रचण्ड’

जोन हकिन्स् आउटप्यासेन्ट सेन्टर पुगे  ‘प्रचण्ड’
समाचार

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारको क्रममा अमेरिकास्थित जोन हकिन्स् आउटप्यासेन्ट सेन्टर पुगेका छन्।

छोरी गंगा दाहालले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै वासङ्टन नजिकै मेरील्याण्डमा रहेको अस्पताल पुगेको जनाएकी हुन्। यसअघि अमेरिकी सरकारले भारतीय नेताहरू सोनिया गान्धी, नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा पनि यस्तो सर्कुलर जारी गरेको थियो।

जोन हकिन्स् आउटप्यासेन्ट सेन्टरमा पत्नी सीताको उपचार गर्ने क्रममा अध्यक्ष प्रचण्ड वासिङ्टनस्थित नेपाली राजदूतको निवासमा रहने बताइएको छ।

Post Comment