प्रचण्डविरुद्ध उजुरीबारे जानकारी दिन असमर्थ छौं : एफबीआई अमेरिका

प्रचण्डविरुद्ध उजुरीबारे जानकारी दिन असमर्थ छौं :  एफबीआई अमेरिका
समाचार

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्यहाँ पक्राउ गराउनका लागि डा. तिलक श्रेष्ठले संघीय अनुसन्धान व्युरो (एफबीआई)मा दिएको उजुरी सार्वजनिक भएको थियो ।

डा. श्रेष्ठले बाल्टिमोर एफबीआई कार्यालयमा इमेल गरेको उजुरीमा प्रचण्डलाई १७ हजार गरिब नेपाली मारेका आतंककारीलाई पक्राउ गर्न सम्बन्धित निकायमा पठाइदिन पनि भनिएको थियो ।

एफबीआई बाल्टिमोरका प्रवक्ता डेभ फिट्ज भन्छन्,‘यस विषयमा जानकारी दिन हामी असमर्थ छौं । तपाईले बुझिदिएकोमा धन्यवाद छ ।’

यता, नेपालका लागि अमेरिकी राजदुतावास स्रोतको हवाला दिँदै त्यहाँको सरकारले प्रचण्डलाई केही पनि नगर्नका लागि ‘नो इन्भेष्टिगेशन’ कानुन कार्यान्वयन गरिएको दाबी छ ।

खुमलटारमा नेपालका लागि अमेरिकी राजदूत रेन्ड बेरीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए । सो क्रममा उनको अमेरिका भ्रमणबारे कुराकानी भएको थियो ।

व्यक्तिगत भ्रमणका क्रममा उनलाई कारबाही हुनसक्ने अवस्थालाई अमेरिकी विदेश मन्त्रालयको सिफारिसका आधारमा त्यहाँको महान्यायाधीवक्ताको कार्यालयले अन्तर्राष्ट्रिय अपराध अनुसन्धान विभागमा पत्राचार गरी अनुसन्धानलाई अस्थायी रोक लगाउन सक्ने रहेछ । यहि प्रावधानका आधारमा प्रचण्डमाथि अनुसन्धान नहुने भएको हो ।

त्यहाँको न्यायीक विभागले नागरिक अन्तर्राष्ट्रिय कानुनको दायरामा रहेर मानवीय अपराधविरुद्ध अनुसन्धान गर्ने प्राधिकार पाएको हुन्छ ।

Post Comment