१६ वर्षिय बालिका बलात्कारको आरोपमा पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ

१६  वर्षिय बालिका बलात्कारको आरोपमा पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ
समाचार

१६ वर्षिय बालिका बलात्कारको आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर श्रेष्ठ पक्राउ परेका छन् ।

पोखरा-६ बैदामस्थित एक घरमा घरेलु कामदारको रुपमा रहँदै बालिकालाई बलात्कारको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले बतायो ।

उनै बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एनआइसी एसिया प्रस्याङ पोखरा शाखाका ब्रान्च मेनेजर सुवास सुवेदीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Post Comment