अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्काे घोषणा गरेका छन् । इरानी क्रान्तिपछि सन १९७१ मा इरानमा गठन भएको ईरानी सेनालाई राष्ट्रपति ट्रम्पले आतंककारी संगठन घोषणा गरेका हुन् । ईरानी सेनाको रिभोलुसनरी गार्ड्स कार्प्स(आइआरजिसी)लाई ह्वाइट हाउसले ुइम्पिलिमेन्टिङ इट्स ग्लोबल टेररिस्ट क्याम्पेनु को नयाँ नाम दिँदै आतंककारी संगठन भनेर घोषणा गरेका हुन् ।
अमेरिकी सेक्रेट्री माइक पोम्पिओले एक ट्वीट गर्दै यो घोषणा गरेका हुन् । अमेरिकी राट्रिपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता तोडेदेखि वासिङ्टन र तेहरानबीच तनाव बढेको थियो । तर अहिले आएर अमेरिकाले इरानी सेनालाई नै आतंकारि भनेर घोषणा गरेपछि इरानले पनि तुरुन्तै मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आतङ्कवादी संगठन भनेर जवाफ दिएको इरानी सञ्चारमाध्यमले लेखेका छन् ।
यो ट्रम्पको इरानको व्यापारिक क्षेत्रमाथि प्रतिबन्ध लगाउने नयाँ चाल रहेको कतिपय विश्लेषकहरुको भनाइ छ । आइआरजिसीसँग सम्बन्धित केही संस्थाहरुमाथि अमेरिकाले यसअघि नै प्रतिबन्ध गलाएको जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो निर्णयको नेतृत्व गरेका छन् तर सबै अमेरिकी अधिकारीहरू भने यो विषयमा त्यति सहमत देखिँदैनन्।तर पेन्टागनका केही अधिकारीहरूले अमेरिकाले इरानको फौजलाई आतङ्कवादी घोषित गरेपछि अमेरिकी फौजको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।
सेनाका अधिकारीहरूले यसरी आतङ्कवादी भनी घोषणा गर्दा त्यसले मध्यपूर्वमा रहेका अमेरिकी फौजविरुद्ध हिंसाहरू निम्तिनसक्ने भन्दै चेतावनी दिएका छन्।देशको केन्द्रीय गुप्तचर निकाय पनि ट्रम्पको पछिल्लो कदमको विपक्षमा रहेको बताइएको छ।