पहिलाेपटक ‘ब्ल्याक हाेल’काे तस्बीर लिन सफल : खगोलविद्‌

पहिलाेपटक ‘ब्ल्याक हाेल’काे तस्बीर लिन सफल : खगोलविद्‌
समाचार

खगोलविद्‌हरुले पहिलाेपटक ‘ब्ल्याक हाेल’काे तस्बीर लिन सफल भएकाे दाबी गरेका छन्। धेरै नै टाढाकाे आकाशगंगामा अवस्थित साे ब्ल्याक हाेल पृथ्वीबाट झन्डै ४० बिलियन किलाेमिटरकाे दूरीमा रहेकाे बताइएकाे छ। साे ब्ल्याक हाेलकाे आकार पृथ्वीभन्दा ३ मिलियन गुणा ठूलाे छ। वैज्ञानिकहरुले साे ब्ल्याक हाेललाई एक ‘राक्षस’काे संज्ञा दिएका छन्।

ब्ल्याक हाेलकाे दृश्य ८ वटा दुरबिनकाे सहायतामा ५ मिलियन ट्रिलियन किलाेमिटर टाढाबाट लिइएकाे हाे। यस दृश्य एकआपसमा अन्तरसम्बन्धित ८ वटा टेलिस्कोपकाे ‍नेटवर्क ‘इभेन्ट हाेरिजन टेलिस्काेप’मा कैद भएकाे वैज्ञानिकहरुले बताएका छन्।

यससम्बन्धी विस्तृत विवरण बुधबारकाे ‘एस्ट्रोफिजिकल जर्नल लेटर्स’मा प्रकाशित गरिएकाे छ।

अनुसन्धानमा खटिएका नेदरल्यान्डस्थित रडबड विश्वविद्यालयका प्राध्यापक हेइनो फालकेले उक्त ब्ल्याक हाेल ‘एम ८७’ नामक एक आकाशगंगा पाइएकाे थियाे।

‘जुन दृश्य हामीले देखिरहेका छाैं, त्याे आकारमा हाम्राे साैर्यमण्डलभन्दा धेरै विशाल छ’, उनले भने, ‘यसकाे पिण्ड नै सूर्यकाे भन्दा ६‍‌.५ बिलियन गुणा अधिक छ। याे सबैभन्दा भारी ब्ल्याक हाेलमध्ये एक हाे जाे हामीलाई यसकाे अवस्थित छ भन्ने लाग्छ। याे एक अचुक राक्षस नै हाे, जो ब्रमाण्डमा ब्ल्याक हाेलकाे हेबीवेट चैम्पियन हाे।’

तस्बिरमा ब्ल्याक हाेलकाे वरिपरि आगाेकाे घेरा देखिएकाे बताउँदै प्राध्यापक फालकेले भने, ‘आगाेले ब्ल्याक हाेललाई चारैतिरबाट घेरेकाे छ। ब्ल्याक होल वरिपरि चम्किलाे देखिनु अधिक ताताे ग्यास हाेलतर्फ गइरहेकाे कारण हाे।’

Post Comment