नेपालमा पछिल्लो समय हत्या हिंसा जस्तो जघन्य अपराधका घटनाहरु मौलाउदै गएको छ । हत्याका घटनाहरु बढ्दै जानुले सर्वसाधारणमा त्रास फैलिएको छ भने प्रहरी सुरक्षामा चुनौती थपिएको छ ।
गत साउनमा कञ्चनपुरकी १४ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । असार दोस्रो साता कञ्चनपुर, पुनर्बासका तेजबहादुर बिष्टलाई उनकै पत्नीले भिरबाट खसालिन् । यी त प्रतिनिधि उदाहरण मात्र हुन् पछिल्लो समय मुलुकमा जघन्य अपराध बढ्दै गएको छ । पछिल्लो वर्ष जघन्य अपराधका घटना २२ प्रतिशत बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । २०७५ साल भरिको बर्ष तथ्यांक अनुसार हत्याको घटना ६ सय २४ वटा घटेको छ । यो घटनामा संग्लन रहेको अधिंकाश केशको सफल अनुसन्धान भए पनि केहि केसहरु बाँकी रहेको छ ।
विगतको बर्षमा भन्दा आर्थिक बर्ष हत्या जस्ता जघन्य अपराधमा ८० प्रतिशतले चिनेजानेको आफन्त बाट घटेको नेपाल प्रहरीले दावी गरेका छन् ।
आर्थिक बर्ष जघन्य अपराधका ६ सय २४ घटना घटेका छन् जुन अघिल्लो वर्षभन्दा २२.०५ प्रतिशत बढी हो । अघिल्लो वर्ष ५ हजार ४ सय ४५ घटना घटेका थिए । बलत्कार र अपहरण पछिको हत्यामा गत बर्षको तुलनामा आर्थिक बर्ष कमी रेहको प्रहरीको भनाई छ । बलत्कार पछि हत्या गरिएको ५र अपहरण पछि हत्या गरिएको ६ वटा केस प्रहरीमा दर्ता गरिएको छ । अपराधका घटना सञ्चार माध्यमको विकास सँगै घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ताको भनाई छ ।
जनसंख्या वृद्धि, विकासमा देखिएको परिवर्तनलगायत कारणले अपराध बढिरहेको छ । पछिल्लो समय न्याय पाउने आशामा पनि अपराधका घटना दर्ता भइरहेको छ ।
प्रहरीको तथ्यांक अनुसार हत्याका घटना सबैभन्दा बढी प्रदेश १ मा घटेका छन् । जहाँ एक सय २८ जनाको हत्या भएको छ । यस्तै, उपत्यकामा ५१, प्रदेश २ मा १ सय १६, प्रदेश ३ मा ६६, प्रदेश ४ मा ५७, प्रदेश ५ मा ९९ ,प्रदेश ६ ४८ र प्रदेश ७ मा ५८ जनाको हत्या भएको छ ।
वाइडबडी विमान खरिद प्रकरण
वाइडबडी खरिद र यस माथि भएको भ्रष्टाचारको विषयले यस वर्ष निकै चर्चा पायो । यो भ्रष्टाचार नेपालमा अहिले सम्मकै सबै भन्दा ठुलो धन राशीको हो पनि भनिएको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली देखि पूर्व प्रधानमन्त्री एवंम कांग्रेस सभापती शेरबहादुर देउवाको र पूर्व पर्यटन मन्त्री देखि हालका मन्त्रीसम्मको संलग्नता रहेको आशंका गरिएको यस प्रकरणले नेपालमा भ्रष्टाचारको उचाई कहाँसम्म छ भन्ने प्रष्ट्याएको छ ।
अनि अर्को महत्वपुर्ण कुरा के भने जब यो विषयले संसदमा प्रवेश पायो । जबसम्म सत्ता पक्षका मन्त्री र नेताको नाम मात्र जोडिएको थियो त्यसबेलासम्म बडो जोडतोडका साथ संसद हल्लाउने गरि यो विषय उठान गरे प्रतिपक्षी कांग्रेसका नेताहरुले अनि जब आफ्ना सभापतीकै पालामा पहिलो किस्ता विनियोजन भएको तत्थ्य बाहिर आयो अनि उनिहरु पनि झिजेको मुसो झै भए ।
नेपाल ट्रस्टको जग्गामा भएको ५ अर्बको भ्रष्टाचार
नेपाल ट्रष्टले आफू मातहातका जग्गा कौडीको भाउ भाडामा लगाएर अर्बौ रुपैया घोटाला गर्ने गरेको विषयले पनि यस वर्ष नेपाली मिडियामा निकै चर्चा पायो । यसमा भएको अनियमितताको धन राशीको कुरा गर्ने हो भने त वाइडवडीमा भएको अनियमितता भन्दा पनि बढी देखिन्छ । यहाँ करिब ५ अर्बको भ्रष्टाचार भएको छ । प्रधानमन्त्रीलाई नै प्रभावमा पारि पर्यटन व्यवसायी आङछिरिङ शेर्पा जसको स्वर्गिय मन्त्री रविन्द्र अधिकारीसँगै हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भयो । उनले आफ्नो कम्पनी थामसेर्कु टे«किङलाई ट्रष्टको दरबार मार्गमा रहेको ३० आना जग्गा कौडिको भाउमा हात पार्न सफल भएका हुन् । उनले ३० वर्षकालागि ३० आना जग्गा मात्र १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँमा हात पारे ।
अख्तियार आयुक्त राजनारायण पाठक घुस काण्ड
अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रणकालागि महत्वपुर्ण अनि प्रमुख भुमिका निर्वाह गर्ने निकाय हो । तर त्यहि निकायमा अन्य निकाय भन्दा धेरै भ्रष्टाचार हुने गर्छ भन्ने तत्थ्य वा केही घटना बेला बेलामा सार्वजनिक हुने गर्छन् । तर अख्तियार आयुक्त राजनारायण पाठक नै घुस काण्डमा मुछिए ।
पहिलेदेखिनै विवादित व्यक्तिको छवि बनाएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकले सार्वजनिक सम्पतीका रुपमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई व्यक्तिका नाममा बनाई दिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएका थिए । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपाने नै कलेज आफ्नो नाममा बनाउन यो घुस दिएका थिए ।
मेलम्ची खानेपानीका नाममा ३८ करोड रुपैयाँ हिनामिना
आयोजना सुरु भएको वर्षदेखिनै विवादित बन्दै आएको मेलम्ची खानेपानी आयोजनाबारे पनि यस वर्ष खुबै चर्चा भए ।
मेलम्चीकै नाममा ३८ करोड रुपैयाँमाथि अनियमितता भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि ३८ करोड रुपैयाँ भुक्तानीको विषयलाई लिएर अख्तियारले खानेपानी मन्त्रालयबाट फाइल झिकाइ सकेको छ । यि त केहि प्रतिनिधि प्रकरण मात्र हुन् यस वर्ष भएका भ्रष्टाचारका । यस्तै प्रकृतिका अनियमितता भएका क्षेत्रहरुबाट थुप्रै उजुरी छन् अख्तियारमा । यो वर्षमा हालसम्म १६ हजार भन्दा बढी उजुरी परेका छन् अख्तियारमा । जस मध्ये अख्तियारले २ सय भन्दा बढी काण्डलाई अदालतसम्म पु¥याई सकेको छ ।