अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको पहिलो स्मारिका बिमोचन हुदै

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको पहिलो स्मारिका बिमोचन हुदै
समाचार

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतिबिधी संगटिएको पहिलो स्मारिका बिमोचनको साथै बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीलाई सम्मान गरिने भएको छ ।

श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत मे ४ तारिकका दिन कोलोराडोको नर्थग्लेन स्थित क्रसरोड चर्जमा बरिष्ठ पत्रकार तथा साहित्यकार अधिकारीलाई सम्मान तथा उनको बाहुलीबाट स्मारिका बिमोचनगर्न लागिएको हो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको बिगत दुई बर्षको कार्यकालमा डेड दर्जन भन्दा बढि कवी गोष्ठी र दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान तथा अभिनन्न भएका छन् । यि सबै कार्यक्रमका झलकहरु सगटिएर तयार पारिएको संस्थाको पहिलो स्मारिका बरिष्ठ पत्रकार तथा साहित्यकार अधिकारीको प्रमुख आतिथ्यतामा बिमोचनगर्न लागिएको आयोजक संस्थाका महासचिव श्याम श्रेष्ठले बताएका छन् ।

स्मारिका बिमोचन तथा श्रष्टा सम्मान समारोहमा अधिकारीको प्रवचन, कविता, वाचन, स्मारीका बितरण कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले बताएका छन् । यस विशेष अवसरमा आना लेख, रचना, लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई ढुंगेलले अनुरोध गरेका छन् ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हदै आएको छ ।

Post Comment