ट्रम्पको अनौठो किर्तिमान: ८ सय २७ दिनमा १० हजार झुठ

ट्रम्पको अनौठो किर्तिमान:  ८ सय २७ दिनमा १० हजार झुठ
समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्‍म आफ्नो कार्यकालमा करीब ८२७ दिनमा १० हजार पटक झुठ तथा भ्रामक प्रचार बोलेको पाइएको छ।

अमेरिकी अखबार वासिङ्टन पोस्टको फ्याक्ट चेकिङ वेबसाइटका अनुसार सुरुमा ट्रम्पलाई ५ हजार झुठ बोल्न ६०१ दिन लाग्‍यो। उनले औसत ८ वटा झुठ प्रतिदिन बोल्‍ने गरेका थिए। तर पछिल्ला ५ हजार झुठ ट्रम्पले मात्र २२६ दिनमा बोलेका छन्। अर्थात उनी प्रत्‍येक दिन २३ झुठ जनताको अगाडि पेश गर्दै गए।

दुई वर्षको कार्यकाल पूरा भएसम्‍म ट्रम्पको झुठको संख्‍या थप ८ हजारभन्दा माथि पुग्‍ने दाबी गरिएको छ। उनको सबैभन्दा पछिल्लो विवरण अप्रिल २६ तारिकको हो। उक्त दिनसम्‍म उनले १० हजार झुठहरु बोलिसकेको दाबी छ।

चुनावका क्रममा उनले उनले मेक्सिको सीमानामा पर्खाल लगाउनेलगायत र्‍यालीमा कैयौ झुठो प्रचार गरेका थिए। यसका साथै उनले अध्‍यागमनको मुद्दामा प्रत्‍येक पाँचमध्‍ये एक झूठ बोलेका थिए।

र्‍याली र ट्विटरमा ट्रम्पको झूठको खेती
राष्ट्रपति ट्रम्प एक्लै र्‍यालीमा सहभागी हुँदा जम्‍मा २२ प्रतिशत झुठ बोलेको दाबी गरिएको छ। यसका साथै उनी आफ्नो ट्विटर ह्‍याण्डलमा समेत झुठ बोल्‍न माहिर छन्।

२५ देखि २७ अप्रिलको बीचमा उनले करीब १७१ वटा गलत कुरा बोलेका छन्। जापान, चीन तथा युरोपियन (इयू)सँगको व्‍यापार घाटाको सन्दर्भमा झुठ बोलेका छन्। साथै कर प्रणाली र ओबामा केयरबारे पनि भ्रामक र झुठो प्रचार फैलाएका छन्।

मित्र राष्ट्रसँग पनि झुठो सम्झौता
राष्ट्रपति ट्रम्पले हालै मात्र केही मित्र राष्ट्रहरुसँग सम्बन्ध बनाउने क्रममा समेत झुठो बोलेका छन्। उनले दाबी गरेका थिए कि अमेरिकाले नेटोलाई शतप्रतिशत खर्च दिए, तर त्‍यो सबै झुठो बयान थियो।

यसका साथै उनले भनेका थिए- साउदी अरब र अमेरिकाबीच ४५० अर्ब डलरको सम्झौता भयो। तर अमेरिकाकै रक्षा मन्त्रालयले त्‍यसलाई झुठो साबित गरिदियो।

ट्रम्पको झुठ समात्न फ्‍याक्ट चेकिङ
वासिङटन पोस्टले आफ्नो रिपोर्टमा भनेको छ- फ्‍याक्ट चेकर डाटा बेस राष्ट्रपति ट्रम्पको प्रत्‍येक बयानमाथि निगरानी गर्नेछ। अखबारले राष्ट्रपतिको पहिलो १०० दिनको कभरेजलाई अनलाइन प्रोजेक्टको स्तरमा फ्‍याक्ट चेकिङ सुरु गरेको थियो। उक्त रिपोर्टमा दाबी गरियो कि ट्रम्पले झुठो बोल्‍नेक्रमलाई तीव्रता दिइरहे।

पहिलो सय दिनमा उनले प्रतिदिन पाँच झुठ बोल्‍ने गरेको देखियो। तर, दिनदिनै त्‍यो औसत बढ्दै जान थालेपछि अखबार फ्‍याक्ट चेकिङ अभियान सुरु गर्न बाध्‍य भयो।

Post Comment