अमेरिकाका लागि राजदुत डा.कार्कीको म्याद थपियो

अमेरिकाका लागि राजदुत डा.कार्कीको म्याद थपियो
समाचार

सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निरन्तरता दिने भएको छ । सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबारको नियमित पत्रकार सम्मेलनमा डा.कार्कीको समयावधि थप गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेनलमा गत बैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको थियो । त्यस्तै मन्त्रिपरिषदले विद्युत नियमन परिषदको अध्यक्षमा डिल्लीबहादुर सिंह तथा सदस्यहरुमा रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार र भागीरथी भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले अध्यागमन नियमावली २०५१ को नियम ४६ बमोजिम अनुसुची ९ र १२ हेरफेर गरी राजपत्रमा सुचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

Post Comment