२६४३ बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुदै

२६४३ बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुदै
समाचार

२६ सय ४३ औं बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडो स्थित डेनभर डाउनटाउनमा शान्ति पदयात्रा कार्यक्रम हुने भएको छ ।

कोलोराडोमा सकृय सबै संघ संस्थाको आयोजनामा, बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गरिएको हो ।

यहि मे १८ तारिक शनिबार बिहान १०.३० बजे डेनभर डाउनटाउन स्थित सिभिक सेन्टर पार्कबाट शुरुहुने शान्ति पदयात्रा डाउन टाउनको १६ स्ट्रिट महल परिक्रमा गरि पुःन सिभिक सेन्टर पार्कमा आई कार्यक्रम सम्पन्न गरिने सञ्जय शाक्यले बताएका छन् ।

आयोजक संघ संस्थाका पदाधिकारीहरुले संचारका बिभिन्न माध्यमहरुबाट कोलोराडोमा बसोबास गर्ने सम्पूर्ण नेपाली, नेपाली भाषी भुटानी, बिभिन्न राष्ट्रबाट कोलोराडोमा आई बसोबास गरिरहेका बौद्धधर्मालम्बी, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानिय सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन अनुरोध गरेका छन् । उनिहरुले सहभागीहरुलाई नेपालको झण्डा, बुद्धको तस्विर,ब्यानर, प्रतिमा, ध्वजा पतंगा, बुद्धका महाहबाणीहरु संगटिएको प्लेकार्ड सहित उपस्थित हुन आग्रह गरेका छन् ।

Post Comment