सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस विस्थापित : राष्ट्रसंघ

सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस विस्थापित : राष्ट्रसंघ
समाचार

संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस विस्थापित भएको जनाएको छ ।

शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या बढेको उल्लेख छ । अहिले विश्वव्यापी रुपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको युएनएचसीआरले जनाएको छ ।

सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन बाध्य पारिएका व्यक्तिको संख्या विश्वभर करिब ६ करोड ८५ लाख रहेको बताइएको छ ।

इथियोपियामा अन्तर–जातीय द्वन्द्वका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित हुन बाध्य भएको प्रतिवेदनमा उल्लेख गरेको छ । भेनेजुएलाको आर्थिक संकटका कारण ठूलो संख्यामा मानिसहरु अन्यत्र शरण लिन बाध्य भएको बताइएको छ । सन् २०१६ यता भेनेजुएलाबाट करिब ३३ लाख मानिस अन्य मुलुकतर्फ भागेको राष्ट्रसंघको अनुमान छ ।

विश्वभर विस्थापित सात करोड नागरिकमध्ये भेनेजुएलाका विस्थापितको औपचारिक आवेदकलाई मात्र समेटिएको युएनएचसिआरका प्रमुख फिलिप्पो ग्रान्डीले बताएका छन् ।

Post Comment