द्वन्द्व भड्किए विनाशका लागि तयार रहन इरानलाई ट्रम्पको चेतावनी

द्वन्द्व भड्किए विनाशका लागि तयार रहन इरानलाई ट्रम्पको चेतावनी
समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले युद्ध नचाहे पनि द्वन्द्व भड्किए विनाशको सामनाका तयार रहन इरानलाई चेतावनी दिएका छन् ।

अमेरिकाको ‘एनबीसी’ टेलिभिजनसित कुरा गर्दै उनले अमेरिका वार्ताका लागि खुला रहेको तर इरानलाई आणविक हतियार विकास गर्न नदिने बताए ।

अमेरिकी सेना इरानविरूद्धको आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आक्रमण गर्नु १० मिनेटअघिमात्रै मनसाय बदलेको ट्रम्पले बताए ।

उनले बिहीबार खसालिएको अमेरिकी जासुसी ‘ड्रोन’को जवाफमा इरानका विभिन्न तीनओटा ठाउँमा आक्रमणको योजना बनाएपनि १५० जना मानिस मारिने थाहा भएपछि आक्रमण रोक्ने निर्णय गरेको बताए ।

इरानले उक्त ड्रोन आफ्नो आकाशमा आएकाले खसालेको बताएपनि अमेरिकाले ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेका बेला खसालिएको दाबी गरेको छ ।

यता, अमेरिकाले आफ्नो देशमा दर्ता भएका सबै विमानलाई खाडी र आसपासका समुद्रमाथिका इराननियन्त्रित हवाईमार्ग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

अमेरिका र तेहरानबीच बढेको तनावको असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ ।

सुन र पेट्रोलियम पदार्थको मूल्य बढेको छ । सुनको मूल्य ६ वर्षमा सबैभन्दा उकालो लागेको छ ।

Post Comment