अमेरिका जाने नेपाली विद्यार्थीका लागि भिसा जारी शुल्क नलाग्ने

अमेरिका जाने नेपाली विद्यार्थीका लागि भिसा जारी शुल्क नलाग्ने
समाचार

अमेरिकाले नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको शुल्क नलिने निर्णय गरेको छ । जुलाई १ देखि नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको २०० अमेरिकी डलर नलिने निर्णय गरेको हो ।

नेपाल र अमेरिकाबीच भएको भिसा पारस्परिक सम्झौताअनुसार अमेरिकाले यस्तो निर्णय गरेको हो । यसअघि आवेदन शुल्क १६०, भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र सेभिस शुल्क ३५० गरी कूल ७१० डलर तिर्नुपर्थ्यो । जुन २४ देखि जुन ३० सम्म विद्यार्थी भिसा लिने विद्यार्थीहरुले सो बमोजिमको रकम तिरेका थिए ।

अब अमेरिका अध्ययनका लागि जाने विद्यार्थीहरुले आवेदन शुल्क १६० र सेभिस शुल्क ३५० गरी कूल ५१० मात्र तिरे पुग्ने छ ।

जुन २४ अघि भने तीन प्रकारका शुल्क गरी ५६० डलर तिर्नुपर्थ्यो । जसमा सेभिस शुल्क २००, आवेदन शुल्क १६० र भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र गरी कूल ५६० डलर तोकिएको थियो ।

Post Comment