‘सल्यूट टू अमेरिका’ : ट्रम्पले राजनीतिक फाइदा उठाउन खोजेको आरोप

‘सल्यूट टू अमेरिका’ : ट्रम्पले राजनीतिक फाइदा उठाउन खोजेको आरोप
समाचार

स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको राजधानी वाशिंटन डीसीमा सैनिक परेडको आयोजना गरिएको छ । बिहीबार राजधानी डीसीको लिंकन स्मारकमा ‘सल्यूट टू अमेरिका’ नाम दिइएको परेड आयोजना गरिएको हो ।

(Photo by MANDEL NGAN / AFP)

परेडमा लडाकु विमान, सैनिक र दुई अब्राहम ट्यांकले कौशल देखाएका थिए । त्यस्तै, परेडमा आतिसबाजी र साङ्गीतिक प्रस्तुति पनि राखिएको थियो ।

नीलो, रातो र सेतो रंगमा सजिएका हजारौं सहभागी परेडलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाका बहादुर महिला र पुरुषलाई सम्मान प्रकट गरेको जनाएका थिए । उनले अमेरिकाको स्वतन्त्रता र अपूर्व विशेषताको समेत चर्चा गरे ।

Photo by ERIK S LESSER/EPA

विपक्षीले भने उक्त परेडबाट राष्ट्रपतिले राजनीतिक फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । डेमोक्र्याटिक पार्टीका नेताहरु सहित उनको आफ्ने रिपब्लिकन पार्टीका केही नेताहरुले समेत ट्रम्पको सैनिक परेडको आलोचना गरेका हुन् । उनीहरुले ट्रम्पले राष्ट्रिय दिवसलाई आफ्नो फाइदाको लागि उपयोग गरेको आरोप लगाएका हुन् ।

Post Comment