बाढी पहिरोको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

बाढी पहिरोको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त
समाचार

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

पूर्वराजाले आइतबार एक विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद् व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्नेमा जोड दिएका छन् ।

प्राकृतिक प्रकोपको यो घडीमा ‘तिम्रो र मेरो’ भन्ने संकीर्ण सोचबाट माथि उठेर सहयोग गर्न पनि पूर्वराजाले आग्रह गरेका छन् ।

Post Comment